पोखरा ।
एन्फा महिला लिग फुटबलमा आजदेखि तेस्रो चरणका खेल हुँदैछन् ।
लिग अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा कोशी प्रदेश र कर्णाली प्रदेशले खेल्दैछन् ।
यो खेल एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुनेछ । कोशी यसअघिका दुवै खेल जित्दै छ अंकका साथ शीर्ष स्थानमा छ । कर्णाली एक अंकसहित आठौँ स्थानमा छ ।
यस्तै सातदोबाटोमै दिउँसो सवा चार बजे हुने खेलमा बागमती युथ क्लब र नेपाल पुलिस क्लबले खेल्नेछन् । पुलिस क्लब चार अकंसहित दोस्रो स्थानमा र बागमती युथ क्लब तीन अंसहित चौथो स्थानमा छ ।
यसअघि हिजो भएको खेलमा विभागीय टोली एपिएफले एन्फा महिला लिग फुटबलमा पहिलो जित हासिल गरेको छ ।
शनिबार भएको खेलमा एपिएफले आर्मीलाई २–१ ले हराएको हो । जितसँगै एपिएफले तीन अंक जोडेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा तीन विभागीय टोली, ’ए’, ’बी’ र ’सी’ डिभिजनका दुई क्लब, दुई नगरपालिका र तीन वटा प्रदेश गरी १० टोली सहभागि छन् ।
प्रकाशित मिति २०८१ भदौ २३ गते आइतबार ०९:५१