२०८३ साउन २१ गते बिहीबार

एन्फा महिला लिग फुटबल : आजदेखि तेस्रो चरणका खेल हुँदै

एन्फा महिला लिग फुटबल : आजदेखि तेस्रो चरणका खेल हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ २३ गते आइतबार ०९:५१

यसअघि हिजो भएको खेलमा विभागीय टोली एपिएफले एन्फा महिला लिग फुटबलमा पहिलो जित हासिल गरेको छ । जितसँगै एपिएफले तीन अंक जोडेको छ ।

पोखरा ।

एन्फा महिला लिग फुटबलमा आजदेखि तेस्रो चरणका खेल हुँदैछन् ।

लिग अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा कोशी प्रदेश र कर्णाली प्रदेशले खेल्दैछन् ।

यो खेल एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुनेछ । कोशी यसअघिका दुवै खेल जित्दै छ अंकका साथ शीर्ष स्थानमा छ । कर्णाली एक अंकसहित आठौँ स्थानमा छ ।

यस्तै सातदोबाटोमै दिउँसो सवा चार बजे हुने खेलमा बागमती युथ क्लब र नेपाल पुलिस क्लबले खेल्नेछन् ।  पुलिस क्लब चार अकंसहित दोस्रो स्थानमा र बागमती युथ क्लब तीन अंसहित चौथो स्थानमा छ ।

यसअघि हिजो भएको खेलमा विभागीय टोली एपिएफले एन्फा महिला लिग फुटबलमा पहिलो जित हासिल गरेको छ ।

शनिबार भएको खेलमा एपिएफले आर्मीलाई २–१ ले हराएको हो । जितसँगै एपिएफले तीन अंक जोडेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा तीन विभागीय टोली, ’ए’, ’बी’ र ’सी’ डिभिजनका दुई क्लब, दुई नगरपालिका र तीन वटा प्रदेश गरी १० टोली सहभागि छन् ।

 

प्रकाशित मिति २०८१ भदौ २३ गते आइतबार ०९:५१
हजुरको प्रतिक्रिया