२०८३ साउन २१ गते बिहीबार

चाडपर्वलाई लक्षित गरि म्याग्दीका तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना

चाडपर्वलाई लक्षित गरि म्याग्दीका तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८१ असोज २० गते आइतबार १०:१३

यात्रु सहायता कक्षामार्फत ट्राफिक नियम सचेतना गराउने, क्षमताभन्दा बढी यात्रु राखेको, तोकिएभन्दा बढी भाडा लिएको विषयमा चेकजाँच गर्ने, यात्रुबाट चालक वा यात्रु चालकबाट असुरक्षित भएको सहित रुट पहिचानमा अलमल पर्ने निजी तथा भाडाका सवारीसाधनलाई समेत सहज हुने गरी सेवा प्रवाह भइरहेको छ ।

म्याग्दी ।

दसैं, तिहार र छठको बेलामा हुने यात्रुको चापलाई ध्यानमा राखेर म्याग्दी जिल्लाका विभिन्न ३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

चाडपर्वका लागि लामो तथा छोटो यात्रामा हिँडेका यात्रुको सुरक्षित यात्रा र ट्राफिक सचेतनाका लागि कक्ष स्थापना गरिएको हो ।

म्याग्दी, मुस्ताङका लागि भित्रिने र बाहिरिने यात्रु, चालक तथा अन्य समस्यालाई समाधान गर्ने बेनीबजार, उत्तरी म्याग्दीको भुरुङ तातोपानी र पश्चिम म्याग्दीको दरबाङमा रहेको सहायता कक्षामा उजुरी वा गुनासो गर्ने व्यवस्था गरिएको छ ।

यात्रु सहायता कक्षबाट २४ घण्टे यात्रु सहायता कक्षमार्फत सेवा प्रवाह भइहरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजकुमार केसीले जानकारी दिए ।

यात्रु सहायता कक्षामार्फत ट्राफिक नियम सचेतना गराउने, क्षमताभन्दा बढी यात्रु राखेको, तोकिएभन्दा बढी भाडा लिएको विषयमा चेकजाँच गर्ने, यात्रुबाट चालक वा यात्रु चालकबाट असुरक्षित भएको सहित रुट पहिचानमा अलमल पर्ने निजी तथा भाडाका सवारीसाधनलाई समेत सहज हुने गरी सेवा प्रवाह भइरहेको छ ।

घटस्थापनासँगै जिल्लामा दसैंका लागि आउने यात्रुहरु बढेका छन् । दशैंलगत्तै मुस्ताङ जाने यात्रुको भिडभाड हुने भएकाले पनि उक्त समयमा कक्षमा जनशक्ती समेत थपेर सेवा दिने जनाइएको छ ।

चाडपर्वको अवसरमा क्षमताभन्दा बढी यात्रु बोक्ने र बढी भाडा असुल्ने गुनासो धेरै आउने गरेको अवस्थामा यातायात ब्यवसायीलाई समेत सजक बनाइएको छ ।

प्रकाशित मिति २०८१ असोज २० गते आइतबार १०:१३
हजुरको प्रतिक्रिया