पोखरा ।
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सुरु भएको छ ।
शनिबार बुद्धचोमा भएको एकाई ‘क’को साधारण सभा पछि आज एकाई ख र ग को साधारण सभा लेखनाथ तालचोक र तनहुँको दुलेगौडामा सुरु भएको छ ।सहकारीका अध्यक्ष रुद्धकुमारी गुरुङ मैनाले सहकारीको बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी छन ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२–८३ मा बचत तथा निक्षेप १ अर्ब ९० करोड ८७ लाख रुपैयाँ र ऋण लगानी १ अर्ब ३४ करोड ४७ लाख रुपैयाँमा भएको छ ।
संस्थाको कुल सम्पत्ति २ अर्ब ५४ करोड १० लाख रुपैयाँ रहेको छ । सेयर पुँजी १५ करोड ४६ लाख ८३ हजार रुपैयाँ र जगेडा कोष करिब २३ करोडभन्दा धेरै पुगेको छ ।
संस्थाको सदस्य संख्या १० हजार ३६९ पुगेको छ । तीमध्ये ६ हजार ७०७ महिला, ३ हजार ६२१ पुरुष र ४१ संस्थागत सदस्य छन् । संस्थाले आफ्ना सदस्यहरुलाई विभिन्न तालिमाहरु प्रदान गर्दे सदस्य मैत्री कार्यक्रमहरुमा जोड दिदै आएको छ ।
पोखरा–१० बुद्धचोकमा प्रधान कार्यालय रहेको संस्थाले लेखनाथ र तनहुँ दुलेगौडमा सेवा केन्द्रमार्फत कारोबार गर्दै आएको छ ।
प्रकाशित मिति २०८३ असोज २५ गते आइतबार ०२:४०




