२०८३ असोज २५ गते आइतबार

बडादशैँ आजबाट सुरु, आज घटस्थापना, पोखरामा नवदुर्गा महोत्सव सुरु

बडादशैँ आजबाट सुरु, आज घटस्थापना, पोखरामा नवदुर्गा महोत्सव सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज २५ गते आइतबार ०२:५३

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा आइतबारदेखि सुरु भएको महोत्सवको उद्घाटनअघि विभिन्न झाँकीसहित शोभायात्रा निकालिएको हो ।

पोखरा ।

नेपालीहरुको महान पर्व बडादशैँ आजदबाट सुरु भएको छ ।

आजबाट विधिवत रुपमा शुरु भएको नवरात्रको पहिलो दिन आज घटस्थापना । वडा दशैँको अवसरमा पोखरामा नवदुर्गा महोत्सव सुरु भएको छ ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा आइतबारदेखि सुरु भएको महोत्सवको उद्घाटनअघि विभिन्न झाँकीसहित शोभायात्रा निकालिएको हो ।

विन्ध्यवासिनी मन्दिर परिसरबाट सुरु भएको शोभायात्रामा नवकन्या नौ रथसहित विभिन्न धार्मिक तथा सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।

हातमा डमरु, कमलको फूल र त्रिशूल बोकेका सहभागीले शोभायात्रामा देवी दुर्गाका विभिन्न स्वरूप झल्काएका थिए । शोभायात्रामा जनप्रतिनिधि, विभिन्न आमा समूह, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाल स्काउटका प्रतिनिधिसहित सर्वसाधारणको सहभागिता थियो ।

विन्ध्यवासिनी मन्दिरबाट सुरु भएको शोभायात्रा मोहरिया टोल, भैरवटोल, तेर्सापट्टि, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्ण टोल र गणेश टोल हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन भएको थियो ।

घटस्थापनासँगै सुरु हुने बडादसैँलाई लक्षित गरी आयोजना गरिएको महोत्सवले धार्मिक आस्था, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनमा सहयोग पुग्ने अध्यक्ष गणेश बहादुर श्रेष्ठले बताए ।

महोत्सवको उदघाटन पोखराका मेयर धनराज आचार्यले गरेका हुन् ।

मेयर आचार्यले विन्ध्यवासिनी मन्दिर गणेश बहादुर श्रेष्ठ, तीर्थ श्रेष्ठहरुले नेतृत्व गरेपछि विन्ध्यवासिनी मन्दिरको भौतिक संरचना निर्माण देखि महत्वुर्ण काम भएको बताए ।

प्रकाशित मिति २०८३ असोज २५ गते आइतबार ०२:५३
हजुरको प्रतिक्रिया