काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने छ । आजको बैठकमा समसामयिक राजनीतिक र स्थानीय तह उपनिर्वाचन परिचालनका विषयमा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
यस्तै, पार्टीको सांगठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम् मुद्दा र संघर्षका ‘मोडालिटी’बारे छलफल हुने झाले बताए ।
उनका अनुसार स्थानीय तह उपनिर्वाचन परिचालन र विविध विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
प्रकाशित मिति २०८१ कात्तिक २४ गते शनिबार ०८:५२