२०८३ असोज २५ गते आइतबार

राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसबीच संक्षिप्त भेट

राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसबीच संक्षिप्त भेट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक २६ गते सोमबार ०४:३६

अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु जानेक्रममा जहाजमा उनीहरुबीच भएको भेटमा जलवायु परिवर्तनबाट उत्पन्न समस्याका बारेमा संक्षिप्त कुरा भएको हो ।

बाकु, अजरबैजान ।

राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेरियो गुटेरसबीच संक्षिप्त भेट भएको छ ।

अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु जानेक्रममा जहाजमा उनीहरुबीच भएको भेटमा जलवायु परिवर्तनबाट उत्पन्न समस्याका बारेमा संक्षिप्त कुरा भएको हो ।

जलवायु परिवर्तन हामी सबैको साझा समस्या हो । हिमाल, पृथ्वी र मानव समुदायको रक्षाका लागि यो समस्या समाधान गर्न हामी सबै जुट्नुपर्छ”, उनीहरुबीच भएको संÞिप्त कुराकानीलाई उद्यृत गर्दै राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । महासचिव गुटेरसले राष्ट्रपति पौडेल बसेको ठाउँमा आएर भेट्ेका थिए ।

आजबाट शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै यहाँ आइपुगेका हुन् ।

प्रकाशित मिति २०८१ कात्तिक २६ गते सोमबार ०४:३६
हजुरको प्रतिक्रिया