२०८३ साउन २१ गते बिहीबार

प्रभास र आलियाको बक्सअफिसमा भिडन्त

प्रभास र आलियाको बक्सअफिसमा भिडन्त

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ फागुन १३ गते बिहीबार १२:२७

एजेन्सी । भारतीय साउथ सुपरस्टार प्रभाषको क्रेज बढदो छ । प्रभास स्टारर बाहुबली सिक्वेलले संसारभर धुम मच्चाएको थियो । उनी अभिनित साहो खासै चल्न नसकेपनि उनकाे स्टारडममा भने कुनै कमि आएको छैन । यतिवेला उनै प्रभाषले अभिनय गरेको चलचित्र...

एजेन्सी । भारतीय साउथ सुपरस्टार प्रभाषको क्रेज बढदो छ । प्रभास स्टारर बाहुबली सिक्वेलले संसारभर धुम मच्चाएको थियो । उनी अभिनित साहो खासै चल्न नसकेपनि उनकाे स्टारडममा भने कुनै कमि आएको छैन ।

यतिवेला उनै प्रभाषले अभिनय गरेको चलचित्र ‘राधे श्याम’ जुलाइ ३० देखि रिलिज हुने पक्का भैसकेको छ । यो चलचित्र विभिन्न ४ भाषामा रिलिज हुँदैछ ।

यता, यहि मितिमा नायिका आलिया भट्ट अभिनित ‘ग‌ंगुबाई काथियावाडी’ रिलिज गर्ने घोषणा गरेको छ ।

संजयलिला भन्सालीद्धारा निर्देशित फिल्ममा गंगुबाईको भूमिका भर्सटायल आलिया भट्टले गरेकि छिन् । फिल्म आलियाले लिड गर्ने भएपनि उनिसंग अजय देवगण, इमरान हासमी लगायत अन्य चर्चित र सफल अभिनेताको साथ छ ।

संजयलिला भन्सालीको निर्देशनमा बनेका चलचित्रले हिन्दी चलचित्र हेर्ने दर्शकमा सधै नै उत्साह जगाउने गरेका छन् । यसपटक संजयलिला भंसालीको भिडन्त प्रभाषको स्टारडमसँग पर्ने तय हुँदा बाजी कसले मार्छ हेर्न दर्शक उत्सुक छन् ।

प्रकाशित मिति २०७७ फागुन १३ गते बिहीबार १२:२७
हजुरको प्रतिक्रिया