गाेखरा ।
नेपाल समाजबादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाको बिकासमा ठूला नेताले ध्यान नदिएको आरोप लगाएका छन् ।
सोमबार गृह जिल्ला गोरखामा पत्रकारहरुसँग कुराकानी गर्दै उनले जिल्लाका रणनैतिक महत्व राखेका योजनाहरुलाई पाखा लगाउने काम भइरहेको समेत बताए । ‘गोरखाको बिकासमा ठूला नेताहरुबाट जुन सहयोग हुनुपर्ने ठाउँमा उल्टै असहयोग भइरहेको छ,’ उनले भने,‘यो जिल्लाका लागि गम्भीर कुरा छ ।’
वषौं देखि टूयाक खोल्न सुरु गरिएको बेनीघाट आरुघाट लार्केभज्याङ सडक, मध्यपहाडी लोकमार्ग, जस्ता महत्वपूण सडक निर्माण सम्पन्न गर्नुको सट्टा अलपत्र पार्ने काम भएको उनको भनाई छ ।
यसले गोरखा जिल्लालाई थप पछि पार्ने उनले आशंका गरेका छन् ।
प्रकाशित मिति २०८१ मंसिर ११ गते मंगलबार ०४:२७