२०८३ असोज २५ गते आइतबार

आकर्षक रोजगारीको सृजना र कृषि क्षेत्रमा क्रान्तिका लागि फरक ढङ्गले काम गर्छौ : प्रधानमन्त्री

आकर्षक रोजगारीको सृजना र कृषि क्षेत्रमा क्रान्तिका लागि फरक ढङ्गले काम गर्छौ : प्रधानमन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर ११ गते मंगलबार ०६:०३

प्रधानमन्त्री ओलीले आफ्नै समयमा देशमा परिवर्तन  ल्याउनुपर्ने भएकाले परिवर्तनको भार भावी सन्ततीलाई जिम्मा नदिने बरु त्यसको अनुभूति दिने बताए ।

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आकर्षक रोजगारीको सृजना र कृषि क्षेत्रमा क्रान्तिका लागि फरक ढङ्गले नीति तर्जुमा गरिने बताएका छन् ।

सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आज नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्पादन र उत्पादकत्ववृद्धि गरेर न्यायोचित वितरण गर्न आफूहरुले नयाँ ढङ्गले काम गरिरहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले आफ्नै समयमा देशमा परिवर्तन  ल्याउनुपर्ने भएकाले परिवर्तनको भार भावी सन्ततीलाई जिम्मा नदिने बरु त्यसको अनुभूति दिने बताए ।

उनले एमाले गफ गर्ने भन्दा काममा विश्वास गर्ने पार्टी भएकाले जिफन्टकै अग्रसरतामा मुलुकमा सफल मजदुर आन्दोलन भएको र सामाजिक सुरक्षाका कार्यक्रम ल्याउन प्रेरणा मिलेको बताए ।

उनले सामाजिक सुरक्षा कार्यक्रम थालनी भएको सात वर्षमा उल्लेख्य काम भएको र आगामी एक वर्षभित्र सामाजिक सुरक्षा कार्यक्रमको अवस्थामा अहिलेको भन्दा प्रगति भएको अवस्था हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले मजदुर र योगदानकर्ताजस्ता सरोकारवालको प्रतिनिधित्व नभई मजदुरका विषयमा निर्णय गर्ने प्रवृत्ति गलत भएको भन्दै सामाजिक सुरक्षा कोषमा त्यस्तो भएको पाइए सच्याइने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

कार्यक्रममा सामाजिक सुरक्षा कार्यक्रममा पालिकास्तरबाट अगुवाइ गर्ने फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी, भीमफेदी गाउँपालिकाका अध्यक्ष हृदम लामा, बाँसगढी नगरपालिकाका प्रमुख खड्गबहादुर खड्का, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, सुन्दरहरैचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँललाई प्रधानमन्त्री ओलीले सम्मान प्रदान गरेका थिए ।

प्रकाशित मिति २०८१ मंसिर ११ गते मंगलबार ०६:०३
हजुरको प्रतिक्रिया