२०८३ असोज २५ गते आइतबार

गिरिबन्धुको फाइल खोल्न थालेपछि सरकार फेरियो, भ्रष्टाचार लुकाउन लागिपरेको छः अध्यक्ष दाहाल

गिरिबन्धुको फाइल खोल्न थालेपछि सरकार फेरियो, भ्रष्टाचार लुकाउन लागिपरेको छः अध्यक्ष दाहाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर २५ गते मंगलबार ०५:५२

उहाँले भन्नुभयो, ‘मैले दोस्रो चरणमा गिरिबन्धु, सर्वोच्च अदालतले पनि आदेश दिइसकेको थियो । र म गिरिबन्धुको फाइल खोल्ने अन्तिम तयारीमा थिएँ । र अहिले गिरिबन्धुको भ्रष्टाचार रोक्नको लागि सरकार सम्पूर्ण शक्तिको साथ अघि बढेको छ ।

काठमाडाैं ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गिरिबन्धु टिस्टेटको भ्रष्टाचार लुकाउन सरकार सम्पूर्ण शक्तिका साथ लागिरहेको आरोप लगाउनुभएको छ ।

मंगलवार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले आफू नेतृत्वको सरकारले दोस्रो चरणमा गिरिबन्धुको फाइल खोल्न थालेसँगै सरकार फेरिएको बताउनु भयो । उहाँले गिरिबन्धुमा सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्ने र भ्रष्टाचारको फाइल खोलिनुपर्ने बताउनु भयो । उहाँले भ्रष्टाचार गर्नेहरुमाथि कारबाही हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले दोस्रो चरणमा गिरिबन्धु, सर्वोच्च अदालतले पनि आदेश दिइसकेको थियो । र म गिरिबन्धुको फाइल खोल्ने अन्तिम तयारीमा थिएँ । र अहिले गिरिबन्धुको भ्रष्टाचार रोक्नको लागि सरकार सम्पूर्ण शक्तिको साथ अघि बढेको छ । हामी सबैले यसमा खबरदारी गर्न जरुरी छ । गिरिबन्धुमा सर्वोच्चको फैसला कार्यान्वयन हुनुप¥यो । त्यहाँ भएको भ्रष्टाचारको फाइल खोलिनुप¥यो । उनीहरुमाथि कारबाही गर्नुप¥यो । यहाँ अर्बौं भ्रष्टाचार गर्नेहरु, देशभित्र बाहिर सम्पती राखेको आरोप आइराखेको छ । त्यसलाई छानविनमा सहयोग गर्नुपर्ने ठाउँमा झनै भ्रष्टाचारलाई अझ बढावा दिने जो काम भइरहेको छ । हामी त्यसको निम्ति यो खबरदारी सभाहरुमार्फत सरकारलाई खबरदारी गरी नै रहेका छौँ ।’

अध्यक्ष दाहालले अहिलेको सरकारको नेतृत्व गर्ने राजनीतिक दलमा सम्बन्धित मानिसहरु नै सबैभन्दा बढी सहकारी ठगीमा संलग्न रहेको आरोप लगाउनु भयो । उहाँले काँग्रेस र एमालेका नेताहरुले रवि लामिछानेलाई आफ्नो साथमा ल्याउन प्रधानमन्त्रीको अफर गरेको कुरा आफूले देखेको र सुनेको दाबी गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लाछिानेलाई पक्राउ गरेको गम्भीर मूल्य एमाले र काँग्रेसले चुकाउनुपर्ने बताउनु भयो ।

प्रकाशित मिति २०८१ मंसिर २५ गते मंगलबार ०५:५२

हजुरको प्रतिक्रिया