गोरखा ।
गोरखा नगरपालिकाको वडा नं. १० वडाको तेस्रो वडा कप सम्पन्न भएको छ ।
गोरखा नगरपालिका वडा नं १० को आयोजना तथा छेवेटार युवा परिवारको सहओयाजनामा गत मंसिर २९ गतेदेखि पुष १ गते सम्म विभिन्न कार्यक्रम गरी सम्पन्न भएको हो ।
सोही अन्र्तगत वडा स्तरीय तेस्रो वडा कप २०८१ को उपाधि समिचौरले नमुना टोल विकास संस्था जितेको छ । सोमबार भएको फाइनल खेलमा अमलापानी टोललाई ४-० गोलले हराउदै प्रथम भएको वडा सचिब भुवन कुमालले जानकारी दिए ।
प्रथम भएसँगै समिचौरले रु ४० हजार र दोस्रा भएको अमलापानीले रु २० हजारको सांथमा र, ट्रफी ,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै भेट्रान्स तर्फ बिरेन्चोक तीनघरे टोल र छेपेटार बीच भएको खेलमा छेवेटारलाई ६-० शुन्य अन्तरले हराएको छ । प्रथम भएसँगै बिरेन्चोकले खसी र छेवेटारले बोका प्राप्त गरेको उनले बताए । यस्तै सोमबार नै भएकोे महिला डोरी तान्ने प्रतियोगितामा समिचौर टोल लाई पराजित गर्दै साझाफेंदी प्रथम भएको छ ।
यस्तै पुरुष तर्फ अमलापानी टोल र समिचौर टोल बीच भएको पुरुष डोरी तान्ने खेलमा अमलापानी टोल प्रथम भएको छ । दुबै तर्फ प्रथम र द्धितीय हुनेले क्रमश रु २० हजार र १० हजार नगदको साथमा मेडल र प्रमाण पत्र प्राप्त गरेको वडाले जनाएको छ । प्रतियोगितामा वडा भित्रका ७ टोलहरुको सहभागीता रहेको थियो ।
क्लवका अध्यक्ष सजन श्रेष्ठको अध्यक्षता तथा वडाध्यक्ष प्रदीप कुँवरको प्रमुख आत्थियतामा कार्यक्रम सम्पन्न भएको थियो ।
हजुरको प्रतिक्रिया




