२०८३ असोज २४ गते शनिबार

यु–१९ महिला एसिया कपः सुपर–४ को अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग खेल्दै

यु–१९ महिला एसिया कपः सुपर–४ को अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस ५ गते शुक्रबार ०९:२६

आज बंगलादेशलाई पराजित गरे नेपालले फाइनलमा स्थान सुरक्षित गर्नेछ । तर आजको खेलमा पराजित भएमा या खेल रद्द भएमा नेपाल फाइनल पुग्न असफल हुनेछ ।

पोखरा ।

मलेसियामा जारी यु–१९ महिला एसिया कप क्रिकेटमा नेपालले आज बंगलादेशसँग सुपर–४ को अन्तिम खेल खेल्दैछ ।

खेल मलेसियाको बायोमास ओभलमा बिहान ११ः४५ बजे सुरु हुने छ ।

भारत र श्रीलंकाबिचको खेल वर्षाका कारण रद्द भएसँगै नेपालले ४ अंक जोडेको छ । तीन खेलबाट चार अंक जोडेको छ ।

तीन खेलमा समान चार अंक भएको बंगलादेशले पनि तीन खेल खेलेको छ । आज बंगलादेशलाई पराजित गरे नेपालले फाइनलमा स्थान सुरक्षित गर्नेछ ।

तर आजको खेलमा पराजित भएमा या खेल रद्द भएमा नेपाल फाइनल पुग्न असफल हुनेछ ।

जारी प्रतियोगितामा भारतले भने फाइनमा स्थान सुरक्षित गरिसकेको छ ।

सुपर–४ मा नेपालसहित भारत, बंगलादेश र श्रीलंका छन् । भारत ५ अंकसहित पहिलो, बंगलादेश ४ अंकसहित दोस्रो, समान ४ अंकसहित नेपाल तेस्रो र ३ अंकसहित श्रीलंका चौथो स्थान छ ।

पहिलो र दोस्रो स्थानमा रहने टोलीले फाइलन खेल्नेछन् । समूह चरणमा भारतसँग अंक बाडेको नेपालले पाकिस्तानलाई ३ विकेटले पराजित गरेको थियो ।

महिला एशिया कपको फाइनल खेल पर्सि आइतबार हुनेछ ।

 

प्रकाशित मिति २०८१ पुस ५ गते शुक्रबार ०९:२६
हजुरको प्रतिक्रिया