२०८३ असोज २५ गते आइतबार

बेनी नगरपालिकामा थपिए १ करोड ६० लाखका ४० नयाँ योजना

बेनी नगरपालिकामा थपिए १ करोड ६० लाखका ४० नयाँ योजना

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८१ पुस ५ गते शुक्रबार १०:२१

नगरप्रमुख सुरत केसीको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख ज्योति लामिछानेले वडासमितिबाट छनोट भई सिफारिस भएका योजनालाई न्यूनतम ९ लाख ५० हजार हजारदेखि ६ लाखसम्म बजेट विनियोजनका बारेमा जानकारी गराएपछि सर्वसम्मत पारित भएको थियो ।

म्याग्दी ।

बेनी नगरपालिकाको १६औं नगरसभाबाट १ करोड ६० लाख बजेट विनियोजन गरेको छ ।

बिहिबार नगरपालिकाको सभाहलमा आयोजित नगरसभामा वडाका योजना तथा कार्यक्रमको बजेट समेत शंसोधन गरी ४० नयाँ योजना र संसोधित २८ योजनामा बजेट विनियोजन गर्दै पारित गरेको हो ।

नगरप्रमुख सुरत केसीको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख ज्योति लामिछानेले वडासमितिबाट छनोट भई सिफारिस भएका योजनालाई न्यूनतम ९ लाख ५० हजार हजारदेखि ६ लाखसम्म बजेट विनियोजनका बारेमा जानकारी गराएपछि सर्वसम्मत पारित भएको थियो ।

नगरसभामा ६ वटा विषयगत समिति आर्थिक, सामाजिक, पूर्वाधार, सेवाप्रवाह तथा शुसासन, बन तथा वातावरण तथा विपद् समिति र न्यायिक समितिले आफ्नो कार्यप्रगति प्रस्तुत गरेका थिए ।

यसैबीच नगरसभाको अवसरमा उत्कृष्ट कर्मचार, शिक्षक, विद्यालय, टोल विकास संस्था र करदातालाई सम्मान गरेको छ ।

नगरपालिकाले शिक्षा अधिकृत कमल प्रसाद ढकाल, सहायक पाँचौ चन्द्रदत्त शर्मा, अशिष्टेन्ट सब इन्जिनियर सुनिल श्रेष्ठ, भकिम्ली स्वास्थ्य चौकीका सिनियर अनमी तारा बुढाथोकी, बेनी नगरपालिका– ७ का कार्यालय सहयोगी प्रकाश पुनलाई उत्कृष्ट कर्मचारीको रुपमा नगद रु ५ हजार सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।

त्यसैगरि प्रकाश माविका प्रअ लेखबहादुर हमाललाई उत्कृष्ट शिक्षक र राष्ट्रिय मावि नेप्टेचौरकी प्रअ तारादेवी चोखाललाई उत्कृष्ट महिला शिक्षकको रुपमा जनही नगद रु ५ हजारको साथमा दोसल्ला र प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो ।

त्यसैगरि उत्कृष्ट जिपिए ल्याउने विद्यालयहरुमध्ये सामुदायिकतर्फ प्रकाश मावि र संस्थागततर्फ लिटिल गार्डेन एकेडेमी, बेनी नगरपालिकामा सबैभन्दा बढी कर तिर्ने बेनी निवासी मिठु कुमारी श्रेष्ठ र उत्कृष्ट टोल विकास संस्थाको रुपमा विरेन्द्रचोक टोल विकास संस्थालार्य प्रसंसापत्रद्धारा सम्मान गरिएको थियो ।

प्रकाशित मिति २०८१ पुस ५ गते शुक्रबार १०:२१
हजुरको प्रतिक्रिया