२०८३ असोज २५ गते आइतबार

गोरखाको रास्वपा जिल्ला सभापतिमा रोकाहा चयन

गोरखाको रास्वपा जिल्ला सभापतिमा रोकाहा चयन

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ पुस ८ गते सोमबार ०९:५८

रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यमा गोरखा सदरमुकाममा भएको भेलाले उपसभापतिमा ध्रुव अधिकारी, सचिवमा मिलन राना र सहसचिवमा राजेश्वर अंगाईलाई सर्वसम्मत चयन गरेको छ ।

गोरखा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गोरखा जिल्ला सभापतिमा सुवर्ण रोकाहा क्षत्री चयन भएका छन् ।

पार्टीको प्रथम जिल्ला भेलाले रोकाहालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । रोकाहा यसअघि जिल्लाका संयोजक थिए ।

रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यमा गोरखा सदरमुकाममा भएको भेलाले उपसभापतिमा ध्रुव अधिकारी, सचिवमा मिलन राना र सहसचिवमा राजेश्वर अंगाईलाई सर्वसम्मत चयन गरेको छ ।

यस्तै, सदस्यहरुमा विष्णु ढकाल, अञ्जना काप्री, शंखरबाबु देवकोटा, नारायणप्रसाद देवकोटा र शशिकला धिताल रहेको गोरखा नगरपालिका सभापति शिशिरबाबु प्रधानले जानकारी दिए ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर १ को संयोजक एवं जिल्ला सदस्यमा वेदप्रसाद ढकाल चयन भएको उनले बताए । क्षेत्र नम्बर २ को भने तोक्न बाँकी रहेको बताइएको छ ।

पहिलो भेला सभ्य र भव्य रुपमा सम्पन्न गराउन सहयोग गर्ने सबैलाई रोकाहाले धन्यवाद दिएका छन् ।

उनले छिटै कार्ययोजना बनाएर पार्टी बिस्तारको काममा सक्रियतापूर्वक लाग्ने समेत बताए ।

प्रकाशित मिति २०८१ पुस ८ गते सोमबार ०९:५८
हजुरको प्रतिक्रिया