२०८३ असोज २५ गते आइतबार

मुलुकको विकासका लागि काँग्रेसले जति काम अरु कुनै पार्टीले गरेको छैनः नेता सिटौला

मुलुकको विकासका लागि काँग्रेसले जति काम अरु कुनै पार्टीले गरेको छैनः नेता सिटौला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस १० गते बुधबार ०५:१८


पछिल्लो समय जनतामा चरम निराशा रहेको उल्लेख गर्दै उहाँले जनतामा रहेको निराशा चिर्नको लागि सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको उनले जिकिर गरे ।

काठमाडौं ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको विकासका लागि नेपाली काँग्रेसले जति काम अरु कुनैपनि पार्टीले नगरेको दाबी गरेका छन् ।

बुधवार काठमाडौंमा आयोजित नेपाली काँग्रेसको १०० दिने पार्टी सुदृढीकरण कार्यक्रममा बोल्दै नेता सिटौलाले देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व नेपाली काँग्रेसले गरेको बताएका हुन् । उनले संविधान सभाको कुरा नेपाली काँग्रेसले २००७ साल मै उठाएको दाबी गरे । उनले नेपाली कांग्रेसकै पहलमा जनताले प्रथम जननिर्वाचित प्रधानमन्त्री पाएको उल्लेख गरे ।

निरंकुश राणा साशनको अन्त्यदेखि दरबारिया व्यवस्थाको विरुद्ध काँग्रेसले निरन्तर संघर्ष गरेर लोकतन्त्र ल्याइएको नेता सिटौलाको भनाइ थियो ।

उनले भने, ‘८० वर्षको इतिहासमा कति ठिक, कति बेठिक भएको होला । तर समग्रमा हामीले मूल्याङ्कन गर्ने हो भने जनताको अधिकारको लागि, देशको विकासको लागि, जनताको आर्थिक प्रगतिको लागि नेपाली काँग्रेस पार्टीले जे जति काम गरेको छ अरु कुनैपनि पार्टीले त्यति काम गरेको छैन । यो त दाबाका साथ हामी भन्छौं । संविधान सभाको कुरा २००७ सालमै नेपाली काँग्रेसले उठाएको कुरा हो । पहिलोपटक जनताले निर्वाचित गरेको प्रधानमन्त्री जनताले पाए । त्यो नेपाली काँग्रेसकै पहलमा भएको हो । तर २०१७ साल पुस १ गते संविधान च्यातेर सेना लगाएर टुँडिखेलबाट पक्राउ गरेर लगे प्रधानमन्त्रीलाई । पार्लियामेन्ट भंग भयो । फेरि बहुदलीय लोकतन्त्र भंग गरेर अर्को संविधान जारी गरे । दरबारिया व्यवस्था । त्यो विरुद्ध हामीले निरन्तर संघर्ष ग¥यौं ।’

पछिल्लो समय जनतामा चरम निराशा रहेको उल्लेख गर्दै उहाँले जनतामा रहेको निराशा चिर्नको लागि सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको उनले जिकिर गरे ।

प्रकाशित मिति २०८१ पुस १० गते बुधबार ०५:१८

हजुरको प्रतिक्रिया