२०८३ साउन २१ गते बिहीबार

माधव नेपाल पक्षले ‘फ्लोर क्रस’ गरेपछि जोगियो कर्णाली सरकार

माधव नेपाल पक्षले ‘फ्लोर क्रस’ गरेपछि जोगियो कर्णाली सरकार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख ३ गते शुक्रबार ०६:४०

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत हासिल गरेका छन् । यससँगै प्रदेशमा उनकाे सरकार सुरक्षित रहेकाे छ । विपक्षमा मतदान गरेको एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान...

फ्लोर क्रस गर्ने सांसदलाई कारवाही गर्ने एमालेकाे तयारी

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत हासिल गरेका छन् । यससँगै प्रदेशमा उनकाे सरकार सुरक्षित रहेकाे छ ।

विपक्षमा मतदान गरेको एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको हो । एमाले ह्वीप उल्लंघन गर्दै शाहीकाे पक्षमा माधव नेपाल पक्षीय सांसदहरूले मतदान गरेपछि शाहीकाे सरकार सुरक्षित बनेकाे हाे ।

प्रदेशसभामा कायम ३९ सांसदमध्ये २२ जना शाहीको पक्षमा उभिए । जसमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र नेकपा एमालेका ४ जना सांसदले शाहीको पक्षमा मतदान गरेका हुन् ।

काँग्रेस र माओवादीसँग बहुमत नभएकाले शाही नेतृत्वको सरकार ढल्ने लगभग पक्का थियो । तर आश्चर्यजनक ढंगले एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै माओवादीको सरकारलाई जोगाइदिएका छन् ।यसअघि एमाले संसदीय दलका नेता यामलाल कँडेलले ह्वीप जारी गर्दै आफ्ना सांसदहरुलाई मुख्य मन्त्री शाहीको विपक्षमा मतदान गर्न निर्देशन दिएका थिए ।

फ्लाेर क्रस गरेर मतदान गर्ने एमाले सांसदहरूलाई कारवाही गर्ने एमालेले जनाएकाे छ ।

प्रकाशित मिति २०७८ वैशाख ३ गते शुक्रबार ०६:४०
हजुरको प्रतिक्रिया