२०८३ साउन २१ गते बिहीबार

दुई वर्षका लागि ९७ वटा हिमालहरूको आरोहण नि:शूल्क

दुई वर्षका लागि ९७ वटा हिमालहरूको आरोहण नि:शूल्क

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ३१ गते शुक्रबार १२:१९

१८ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी दुई वर्षसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका सम्पूर्ण हिमाल आरोहण नि:शूल्क बनाउने निर्णय गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ९७ वटा हिमालको आरोहण नि:शूल्क

काठमाडौं ।
नेपाल सरकारले आगामी दुई वर्षका लागि ९७ वटा हिमालहरूको आरोहण नि:शूल्क गरेको छ । केही दुर्गम क्षेत्रहरूमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ९७ वटा हिमालको आरोहण नि:शूल्क गरेको हो ।

१८ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी दुई वर्षसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका सम्पूर्ण हिमाल आरोहण नि:शूल्क बनाउने निर्णय गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ । यी दुई प्रदेशमा ९७ वटा हिमाल छन् । जसमध्ये तीनवटा सात हजार मिटरभन्दा अग्ला छन् । यी हिमालहरुको सलामी दस्तुर विदेशीका लागि १ सय ७५ डलरदेखि ५ सय डलरसम्म पर्छ ।

नि:शूल्क खुला गरिएका हिमालहरुको सूचीमा अपि, नाम्पा चुली, सैपाल इस्ट, जेठी बहुरानी, सैपाल, कान्ति कान्जिरोवा नर्थ, पुथा वेस्ट लगायत छन् ।

प्रकाशित मिति २०८२ साउन ३१ गते शुक्रबार १२:१९
हजुरको प्रतिक्रिया