काठमाडौं ।
गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धन ०८४ को निर्वाचनसम्मै चल्ने दावी गरेका छन् ।
आइतबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६औँ बैठकपछि सञ्चारकर्मीसँग उनले यस्तो दाबी गरेका हुन् ।
उनले गठबन्धन नटिक्ने भन्ने कुरा हल्लामात्र भएको बताए । उनले गठबन्धन नटिक्ने भन्ने हल्लामा विश्वास गर्नुपर्ने कुनै कारण नरहेको बताए ।
उनले नेकपा एमाले र नेपाली कांग्रेसले गरेको सातबुँदे सहमतिअनुसार नै ०८४ सालको निर्वाचनसम्म यो सरकार चल्ने दावी गरे ।
उनले संविधान संशोधन ०८७ पुग्छ कि कहाँ पुग्छ भनेर अहिले घोषणा गर्ने विषय नभएको बताए ।
उनले संविधानको सबैभन्दा पहिला सबल र दुर्बल पक्षको पहिचान गरी सबै राजनीतिक दलहरुसँग छलफल र समन्वय गरेर संविधान संशोधन हुने बताए ।
प्रकाशित मिति २०८१ पुस २९ गते सोमबार ०९:५६