लमजुङ ।
लमजुङको राईनास नगरपालिका–८ भेघाटचोकमा गोरु जुधाई प्रतियोगिता सम्पन्न भएको छ ।
माघे संक्रान्तिको अवसरमा राईनास नगरपालिकाको समन्वयमा वडा नं. ८ र ९ का गोरु पालक कृषकको संयुक्त आयोजनामा गोरु जुधाई प्रतियोगिता आयोजना भएको हो ।
राईनासको भेटघाट चोकमा मंगलबार आयोजना गरिएको गोरु जुधाई प्रतियोगितामा भानु नगरपालिका–१० दुधेकुनाका विष्णु रावलको गोरु प्रथम भएको छ । राईनास नगरपालिका–८ हर्राबोटका मक्बुल मियाको गोरु दोस्रो भएको छ । त्यस्तै सुन्दरबजार नगरपालिका–७ कुमालटारका कुमराज परियारको पुन्टे गोरु तृतीय भएको छ ।
सहभागी गोरु मध्येमा सुन्दरबजार नगरपालिका–७ कुमालटारका कुमराज परियारको कालो चम्रे गोरु उत्कृष्ट गोरु छनोट भएको छ ।
प्रतियोगितामा प्रथम हुने गोरु धनीलाई १५ हजार, द्वितीय हुने गोरु धनीलाई १० हजार र तृतिया हुने गोरु धनीलाई ५ हजार रुपैयाँ र उत्कृष्ट गोरु धनिलाई दुईहजार पाँच सय रुपैया पुरस्कार वितरण गरिएको कार्यक्रम संचालक सुवास मजाकोटीले जानकरी दिए ।
लमजुङको राईनास ८ भेघाटचोकमा विगत पाँच वर्षदेखी निरन्तर माघे संक्रान्तिको अवसरमा गोरु जुधाई प्रतियोगिता आयोजना गरिदै आएको समितिका अध्यक्ष सरोज ओलियाले जानकारी दिए ।
प्रतियोगितामा लमजुङ र तनहुँका १६ वटा गोरुहरुलाई सहभागी गराईएको थियो ।
प्रकाशित मिति २०८१ माघ १ गते मंगलबार ०६:२१




