२०८३ साउन २१ गते बिहीबार

काेराेना कहर : पछिल्लाे २४ घण्टामा देशभर थप १२ जनाकाे ज्यान गयाे

काेराेना कहर : पछिल्लाे २४ घण्टामा देशभर थप १२ जनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख १३ गते सोमबार ०८:१७

पाेखरा । पछिल्ल्लो २४ घण्टामा देशभर थप १२ जना काेराेना संक्रमितको मृत्यु भएको छ । यहि अवधीमा ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १२ हजार ४ सय नमुनाको पीसीआर...

देशभर कुल ३ हजार ५५६ जना संक्रमित थपिए

पाेखरा । पछिल्ल्लो २४ घण्टामा देशभर थप १२ जना काेराेना संक्रमितको मृत्यु भएको छ । यहि अवधीमा ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१२ हजार ४ सय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९३ एन्टिजेन परीक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । जसमध्ये गत २४ घण्टामा १२ सहित ३ हजार १७६ जनाको मृत्यु भएको छ भने हालसम्म २ लाख ७७ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३७८ जना निको भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति २०७८ वैशाख १३ गते सोमबार ०८:१७
हजुरको प्रतिक्रिया