२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेशसभाको अधिवेशन माघ २१ गतेका लागि आह्वान

गण्डकी प्रदेशसभाको अधिवेशन माघ २१ गतेका लागि आह्वान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ ११ गते शुक्रबार ०६:५९

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते बिहान ११ बजेका लागि प्रदेशसभाको १५औं अधिवेशन बैठक आह्वान गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई सिफारिश गरेको हो ।

पोखरा ।

गण्डकी प्रदेशसभाको अधिवेशन माघ २१ गतेका लागि आह्वान भएको छ ।

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम माघ २१ गते दिउँसो २ बजेदेखि आरम्भ हुनेगरी अधिवेशनको आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच बागमती प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन माघ १८ गते शुक्रवारका लागि आह्वान गर्न सिफारिश गरेको छ ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते बिहान ११ बजेका लागि प्रदेशसभाको १५औं अधिवेशन बैठक आह्वान गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई सिफारिश गरेको हो ।

गएको असोज १६ गते प्रदेशसभाको १४औं अधिवेशन अन्त्य गरिएसँगै प्रदेशसभाको अर्को बैठक आह्वान हुन सकेको थिएन ।

प्रकाशित मिति २०८१ माघ ११ गते शुक्रबार ०६:५९

हजुरको प्रतिक्रिया