२०८३ कात्तिक ११ गते मंगलबार

पछिल्लाे २४ घण्टामा झण्डै ५ हजार संक्रमित, १७ जनाकाे ज्यान गयाे

पछिल्लाे २४ घण्टामा झण्डै ५ हजार संक्रमित, १७ जनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख १५ गते बुधबार ०५:४९

पाेखरा । पछिल्लो २४ घण्टामा देशभर झण्डै ५ हजार नयाँ संक्रमित फेला परेका छन् । याे अवधीमा थप ४८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यहि अवधीमा देशभर थप १७ जनाले काेराेना संक्रमणका...

काठमाडौँ उपत्यकामा मात्रै थप २ हजार ४७ जनामा संक्रमण पुष्टि

पाेखरा । पछिल्लो २४ घण्टामा देशभर झण्डै ५ हजार नयाँ संक्रमित फेला परेका छन् । याे अवधीमा थप ४८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यहि अवधीमा देशभर थप १७ जनाले काेराेना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८७९ पीसीआर परीक्षणमा ४७ सय ७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २९० पुगेको छ । जसमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् ।

काठमाडौँ उपत्यकामा मात्रै थप २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो एक दिनमा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौँमा १४६४ जना संक्रमित थपिएका हुन् ।

प्रकाशित मिति २०७८ वैशाख १५ गते बुधबार ०५:४९
हजुरको प्रतिक्रिया