काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सुविधाको ढोका खोल्नेकुरा राजनीतिलाई व्यवसायको बजार बनाउनेहरुका लागि दुःखद् भएको बताएका छन् ।
शुक्रवारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले सकरारले कुनै न कुनै संरचना बनाइरहेको र त्यसले जनतालाई सुविधानको ढोका खोल्दा कतिपयलाई असहज भएको बताए ।
उनले निराशाको व्यापार गर्ने, असन्तुष्टि र उत्तेजनाको उद्योग चलाउने, त्यसमा नै आफ्नो भविष्य देखिरहेका र राजनीतिलाई सेवाको तपस्या भन्दा– व्यवसायको बजार बनाउनेहरुका लागि यस्तो खबर रहेको उल्लेख गे ।
राजनीतिलाई केवल सामाजिक सञ्जालमा प्रतिक्रिया खपतको व्यवसाय बनाउनेहरुबाट पर गएर मात्र बन्दै गरेको नेपाललाई अघि बढाउन सकिने उनले जिकिर गरे ।
उनले भने, ‘कुनै न कुनै संरचना बनिरहेको र त्यसले जनतालाई सुविधाको ढोका खोलिरहेको खबर नागरिक जीवनका लागि सुखद् हो । निराशाको व्यापार गर्ने, असन्तुष्टि र उत्तेजनाको उद्योग चलाउने, त्यसमा नै आफ्नो भविष्य देखिरहेका र राजनीतिलाई सेवाको तपस्या भन्दा– व्यवसायको बजार बनाउनेहरुका लागि यस्तो खबर दुःखद् हो । राजनीतिलाई केवल सामाजिक सञ्जालमा प्रतिक्रिया खपतको व्यवसाय बनाउनेहरुबाट पर गएर मात्र हामी बन्दै गरेको नेपाललाई देख्नसक्छौं । शिघ्र सार्वजनिक सेवा र सुशासनका क्षेत्रमा हामीले सुरु गरेको नागरिक एप त्यस्तै एउटा पहल हो– जसले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाएको छ । यसमा ५० भन्दा बढी सेवा आबद्ध छन् । नागरिक एप अहिले नेपालमा सबैभन्दा बढि डाउनलोड हुने नेपाली एपमा पहिलो नम्बरमा छ । हालसम्म ५७ लाख २६ हजार जनाले यसलाई डाउनलोड गरिसकेका छन् । जसरी केही वर्षअघि क्युआर स्क्यान गरी भुक्तानी थाल्दा हाम्रो भुक्तानी प्रणालीमा नै क्रान्ति आयो, सेवाग्राहिलाई डिजिटल माध्यमबाट भुक्तानीको सुबिधा मिल्यो– त्यसैगरी अहिले नागरिक एपबाट क्युआर कोड स्क्यान गरी बैंक खाता खोल्ने र सरकारी सेवा प्राप्त गर्ने सुविधा मिल्दा यसबाट “लाइन होइन, अनलाइन सेवा” को लक्ष्य पूरा हुँदैछ, सरकारी कामलाई छिटो, छरितो र पारदर्शी बनाउँदै छ ।’
प्रधानमन्त्री ओलीले सरकारले सरकारी कामलाई छिटो, छरितो र पारदर्शी बनाउँदै लगेको जिकिर गरे ।
प्रकाशित मिति २०८१ माघ १८ गते शुक्रबार ०३:०२




