२०८३ असोज २६ गते सोमबार

राजीनित दलहरु आफ्नो घोषित नीतिअनुसार चल्न नसक्दा मुलुकको विकास भएनः अध्यक्ष केसी

राजीनित दलहरु आफ्नो घोषित नीतिअनुसार चल्न नसक्दा मुलुकको विकास भएनः अध्यक्ष केसी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १८ गते शुक्रबार ०६:५८

उनले अहिले खाडि र विकसित देशरुबाट आउने रेमिट्यान्सले सदन र सरकार चलिरहेको टिप्पणी गरे ।

काठमाडौं ।

राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले राजीनित दलहरु आफ्नो घोषित नीति र सिद्धान्तअनुसार चल्न नसक्दा मुलुकको विकास हुन नसकेको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष केसीले अहिले दैनिक दुई हजार युवाहरु विदेश गइरहेको उल्लेख गर्दै यही हो प्रगति ? भन्दै प्रश्न गरे ।

उनले मुलुकलाई पुँजीवादले नाङ्गो प्रहार गरेको बताए । उनले मुलुकमा भएका उद्योग तथा कलकारखानाहरु बन्द भएको तथा शिक्षा प्रणालीमा सुधार नगरिएको कारण युवा पलायन बढी रहेको जिकिर गरे ।

उनले अहिले खाडि र विकसित देशरुबाट आउने रेमिट्यान्सले सदन र सरकार चलिरहेको टिप्पणी गरे ।

जनतमा बढ्दो घृणालाई कम गर्न नसके व्यवस्था नै नरहने उनको भनाइ छ । अध्यक्ष केसीले काँग्रेस–एमालेको संयुक्त सरकारले गरेको सहमति कार्यान्वयन नगरेको समेत उल्लेख गरे । संविधान कार्यान्वयन गर्छु भन्नुभएको होइन, खै ? भन्दै प्रश्न समेत गरे ।

उनले भने, ‘राजनीति गर्ने मान्छेलाई आम नागरिकले कति सम्मान गर्थे ? आज राजनीति गर्ने मान्छेहरुलाई नेपाली जनताले कसरि हेर्छन् ? के व्यवहार गर्छन ? त्यससको ख्याल गरेका छौं हामीले ? त्यसको मुल कारण के हो भने आफ्ना घोषित सिद्धान्त र नीतिअनुसार हामीे राजनीति गरेनौं । अहिले मुलुकको यर्थाथ तस्बिर के छ भन्दाखेरि दिनको पन्ध्र सयदेखि दुई हजारका दरले नयाँ पिढि बाहिर गइरहेको छ । यही हो प्रगति ? नेपालमा केही हुन्न १२ पास गरेपछि जाने अमेरका, अस्ट्रेलिया र युरोप नै हो भनेर शिक्षा दिइन्छ ? यही हो हामीले प्रगति गरेको ? यही हो हाम्रो विकास ? यो सब किनभयो भने पूँजीवादले नाङ्गो आक्रमण गर्यो यो देशमा हेर्नुस् । यहाँ भएका उद्योग र कलकारखानाहरु सबै सखाप अनि नयाँ पिढिलाई हामीले यो देशमा केही हुन्न भनेर शिक्षा दिन थाल्यौं । अनि अहिले खाडी र विकसित मुलुकबाट आएको पैसाले हामीले सांसद र सरकार चलाइरहेका छौं । प्रधानमन्त्रीले विकासको कुरा गरेको सुन्दा मलाई चाँही आश्चर्य लाग्यो । तपाईहरु त हुनुहुन्छ नि प्रधानमन्त्री । कतवटा उद्योग कतिवटा कलकारखानाहरु खोल्नुभयो ? कति नेपालीलाई रोजगारी दिनुभयो । अहिले नेपाली जनताले यति धेरै घृणा प्रकट गरेपछि रहन्छ त यो व्यवस्था ? तपाईहरुले संविधान संशोधन गर्ने भनेर सहमति गर्नुभएको थियो खै त संविधान संशोधन गरेको ? संविधान संशोधन गर्ने नै हो भने एउटा सिंह दरबारको सरकार चलाउने खुवि नभएकाले आठ ठाउँमा सरकार बनाइरहनुभएको छ । त्यो प्रदेशको औचित्य के हो मलाई बताउनुस् त । सात÷आठ वर्षको अवधिमा प्रदेशहरुले जनतालाई के दिए ?’

उनले सिंहदरबारको सरकार चलाउने खुबी नभएकाले आठ ठाउँमा सरकार गठन गरेको भन्दै प्रदेशको औचित्य पुष्टि गर्न चुनौति दिए । आठ वर्षको अवधिमा प्रदेशले जनतालाई के दिए ? भन्दै प्रश्न समेत गरे ।

प्रकाशित मिति २०८१ माघ १८ गते शुक्रबार ०६:५८

हजुरको प्रतिक्रिया