२०८३ असोज २६ गते सोमबार

जलविद्युत कार्बन व्यापारका लागि सरकारले आवश्यक नीतिगत व्यवस्था गर्नुपर्छः अध्यक्ष कार्की

जलविद्युत कार्बन व्यापारका लागि सरकारले आवश्यक नीतिगत व्यवस्था गर्नुपर्छः अध्यक्ष कार्की

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १९ गते शनिबार ०३:४३

नेपालले सन् २०३० सम्ममा ४५ प्रतिशत वन क्षेत्र पूरा गर्ने लक्ष्य राखेको छ ।

काठमाडौं ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालले जलविद्युत कार्बन व्यापारबाट वार्षिक एक करोड बढीको डलर व्यापार गर्नसक्ने बताएका छन् ।

इप्पानले शुक्रवार काठमाडौंमा आयोजना गरेको नेपालको जलविद्युतको हरित मुद्रीकरण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् ।

उनले नेपालमा ३ हजार ५ सय मेगावाट विद्युत उत्पादन गरेको र त्यसबाट उत्पादन भएको कार्बनको व्यापार गर्दा वार्षिक रुपमा एक करोड डलर आउने बताए ।

उनले नेपालको ४६ प्रतिशत क्षेत्र वन र खोला नदी, वन गरी ८३ प्रतिशत ल्याण्ड कभर गरेको उल्लेख गरे । उनले कार्बनको व्यापार ठूलो सम्भावना रहे पनि वनका रुख काट्न नपाउने तथा छिर्न नपाउने स्थिति रहेको जिकिर गरे ।

नेपालले धेरै कार्बन उत्पादन गरिरहेको बताए । अहिलेसम्म जलविद्युत व्यवसायी तथा निजी क्षेत्र कार्बन डलर कमाउनेतर्फ उन्मुख नभएको उनको भनाइ छ ।

सरकारले कार्बन व्यापारको लागि आवश्यक नीतिगत रुपमा सहजिकरण गर्नु आवश्यक रहेको उनले जिकिर गरे । नेपालले कार्बनको व्यापार गरेर पनि विदेशी मुद्रा आर्जन गर्न सकिने अवस्था रहेको उनको भनाइ छ ।

उनले भने, ‘नेपालको ४६ प्रतिशत क्षेत्र वनले ओगटेको छ भनिन्छ । खोला र वनले गरी ८३ प्रतिशत ल्याण्ड कभर गरेको भनिन्छ तर अहिले वनका रुख काट्न नपाएर वनमा छिर्न नपाउने स्थिति छ । लो कार्बनको लागि नेपालले धेरै कार्बन उत्पादन गरिरहेका छौं । तर त्यो बेचेर पैसा आउँछ भन्ने तिर लागेनौं । नेपालमा ३ हजार ५ सय मेगावाट विद्युत उत्पादन गरेका छौं । त्यसबाट उत्पादन भएको कार्बनको व्यापार गर्दा वार्षिक रुपमा एक करोड डलर आउने रहेछ । सरकारले नीतिगत रुपमा सहजिकरण गर्नु आवश्यक छ । पीपीएहरुमा केही संशोधन गर्नुपर्ने हो की ? नेपालले कार्बनको व्यापार गरेर पनि विदेशी मुद्रा आर्जन गर्न सकिन्छ भन्ने लागेको छ । कार्वनको व्यापार कसरी गर्ने विषयमा नीतिगत रुपमा सहजिकरण गरी सम्भावना खोज्न जरुरी छ ।’

नेपालमा वन विनास र अत्यधिक दाउरा संकलनका कारण हुने वन क्षयीकरणबाट वर्षेनी करिव १३ लाख टन कार्बनडाइअक्साइड ग्यास ऊत्सर्जन हुने अनुमान छ ।

नेपालले सन् २०३० सम्ममा ४५ प्रतिशत वन क्षेत्र पूरा गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति २०८१ माघ १९ गते शनिबार ०३:४३

हजुरको प्रतिक्रिया