२०८३ साउन २१ गते बिहीबार

सरकारले जनताको पक्षमा काम गरिरहेको छः सांसद बिसी

सरकारले जनताको पक्षमा काम गरिरहेको छः सांसद बिसी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २० गते आइतबार ०२:१९

सरकारले संसद शुरु हुनु पहिला वा संसदको अन्त्य हुने बित्तिकै अध्यादेश ल्याउने कुरामा प्रश्न गर्न नहुने बताइन् ।

काठमाडौं ।

राष्ट्रिय सभामा नेकपा एमोलकी सांसद सुमित्रा बिसीले सरकारप्रति शंका नगर्न आग्रह गरेकी छन् ।

आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकार जनताको पक्षमा काम बताएकी हुन् । उनले अध्यादेशका बारेमा धेरै कुराहरु उठेको उल्लेख गर्दै सरकारले संसद शुरु हुनु पहिला वा संसदको अन्त्य हुने बित्तिकै अध्यादेश ल्याउने कुरामा प्रश्न गर्न नहुने बताइन् ।

उनले सरकारले आवश्यक परेको समयमा अध्यादेश ल्याउनसक्ने व्यवस्था संविधानले दिएको उल्लेख गरिन् । उनले सरकारले शोषित र पीडित जनताको पक्षमा काम गर्ने जिकिर गरिन् ।

उनले भने, ‘अध्यादेशका बारेमा धेरै कुराहरु उठे । शुरुवातमा ल्याउने की अन्तिम भइसकेपछि ल्याउने भन्नेकुराहरु उठ्यो । यो संविधानको ११४ को धाराअनुसार संविधानले सरकारले अध्यादेश ल्याउन पाउने अधिकार दिएको छ । त्यो अधिकारलाई प्रयोग गरेर सरकारले आवश्यकता अनुसार ल्याएको अध्यादेशलाई जनताको पक्षमा हुनेछ । यसका बारेमा शंका नगर्न आग्रह गदछु । शहीदको बलिदानबाट आएको सरकार हो यो । यसले शोषित र पीडित जनताको पक्षमा काम गर्नेछ । यो सरकारप्रति शंका नगर्न आग्रह गर्दछु ।’

विधेयक वा अध्यादेशबाट बनाइएका कानूनहरु जनताको पक्षमा हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति २०८१ माघ २० गते आइतबार ०२:१९
हजुरको प्रतिक्रिया