२०८३ असोज २६ गते सोमबार

समयमै डेलिभरी दिन नसक्दा संघीयताप्रति नागरिक रुष्ट छन्ः अध्यक्ष दाहाल

समयमै डेलिभरी दिन नसक्दा संघीयताप्रति नागरिक रुष्ट छन्ः अध्यक्ष दाहाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २१ गते सोमबार ०५:२१

जलवायु परिवर्तनले जीवनस्तर, रहनसहन र सोचाईमा समेत प्रभाव पारको उनले जिकिर गरे ।

काठमाडौं ।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संघीयतासम्बन्धी ऐन, कानून निर्माण गर्नेकुरामा राजनीतिक नेतृत्व नै असन्तुष्ट रहेको बताएका छन् ।

सोमवार सरोकार दर्पणको लोकार्पण विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनस्तरमा अहिले संघीयताप्रति नकारात्मक भावना जागृत हुनु स्वभाविक रहेको बताएका हुन् ।

उनले संघीयता सम्बन्धी ऐन, कानून निर्माणमा नेता नै असन्तुष्ट रहेको बेलामा नागरिकहरुले सेवा सुविधा, छिटो छरितो नपाउँदा गुनासो गर्नु सामान्य रहेको उल्लेख गरे ।

उनले संघीयताका सिद्धान्तहरु आफैँमा नरहेको भन्दै सही कार्यान्वयनको आवश्यकता रहेको जिकिर गरे । नेतृत्वले जिम्मा लिएका कुराहरु समयमै नागरिकस्तरमा पु¥याउँदा नै संघीयता सफल हुने अध्यक्ष दाहालको भनाइ छ ।

अध्यक्ष दाहालले भने, ‘अहिले जनस्तरमा अलि बढी संघीयताप्रति एउटा खालको नकारात्मकतातिर ओरेन्टेशन भएको हो की भन्ने अनुभुत हुन्छ । तर मलाई के लाग्छ भने संघीयता आफैँमा गलत हो, संघीयताका सिद्धान्तहरु आफैँमा गलत छन् भन्नेतिर त म धेरै पाउँदिन । संघीयता हामीले ल्यायौँ । हामीले नै संघीयता कार्यान्वयन गर्न जाँदैछौँ । कार्यान्वयन गर्नको निम्ति हुने हरेक गतिविधिहरु मुख्यतः ऐन, कानून निर्माणको सवालमा हामी आफैँ कहीँ न कहीँ असन्तुष्ट छाँै । भनेपछि जनस्तरबाट थोरै असन्तुष्टि आउने कुरालाई संघीयता गलत भएको हुनाले आएको होइन, हामीले जो जिम्मा लिएका छौँ, समयमै पु¥याउन सकेनाँै की ? भनेर हामीतिर फर्किनुपर्ने हो की । र मात्रै हामी ठिक ठाउँ र ठिक दिशामा पुग्नसक्छौँ । संघीयता आफैँमा गलत हो भनेर एकाध राजनीतिक आग्रह पूर्वाग्रहले बोल्ने कुरा हो । आम जनतामा त्यस्तो होइन । हामीले जनतालाई दिनुपर्ने डेलिभरी समयमै दिन सकिरहेका छैनौँ ।’

अध्यक्ष दाहालले जनतालाई सुविधा दिनेकुरामा बढी गम्भीर हुनुपर्ने उल्लेख गरे ।

जलवायु परिवर्तनले जीवनस्तर, रहनसहन र सोचाईमा समेत प्रभाव पारको उनले जिकिर गरे ।

प्रकाशित मिति २०८१ माघ २१ गते सोमबार ०५:२१

हजुरको प्रतिक्रिया