बागलुङ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले वर्तमान सरकार थप मजबुत बन्दै गएको बताएका छन् ।
मंगलबार नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति खतिवडाले नेपाली कांग्रेस र नेकपा एमाले एक जुट हुँदा सरकार ढल्ने संभावना नरहेको खतिवडाले बताएका हुन् ।
अहिलेको सरकारले राजनीतिक अस्थिरतालाई रोक्दै विकासका गति अगाडि बढाएको उनले दाबी गरे ।
सरकारले धेरै सकरात्मक कामको थालनी गरेको र भर्खरै त्यसको परिणाम नदेखिए पनि नागरिकमा भरोसा जाग्न थालेको उनको भनाइ छ । सुशासन, भ्रष्टचार नियन्त्रण र जनताप्रति उत्तरदायी बनि सरकारले जनताको आकांक्षा अनुसार काम गर्न थालेको सभापति खतिवडाले बताए ।
संघीय सांसद समेत रहेका खतिवडाले सयौँ सहकारीमा लाखौँ नागरिकको अरबौँ रकम हिनामिना भएको भन्दै बचत अपचलन गर्ने कसैलाई पनि सरकारले नछाड्ने दाबी गरे ।
जुनसुकै पार्टीका नेता भए पनि कानुन अनुसार कारबाही हुने उनको भनाइ छ । अहिले पनि विभिन्न पार्टीका धेरै नेता हिरासद र कारगारमा रहेको उनले बताए ।
प्रकाशित मिति २०८१ माघ २२ गते मंगलबार ०६:१८




