२०८३ कात्तिक ११ गते मंगलबार

भयावह रहेको पाठेघरको क्यान्सर न्युनीकरण गर्न मन्त्रालय लागिपरेको छ : स्वास्थ्यमन्त्री पौडेल

भयावह रहेको पाठेघरको क्यान्सर न्युनीकरण गर्न मन्त्रालय लागिपरेको छ : स्वास्थ्यमन्त्री पौडेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २३ गते बुधबार ०६:४९

अभियानका क्रममा पोखरा महानरपालिका क्षेत्रमा करिब २३ हजार ७४८ बालिकाहरूलाई लगाइने छ ।

पोखरा ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा महिलामा पाठेघरको क्यान्सर भयावह अवस्थामा रहेको भन्दै न्युनीकरण गर्न मन्त्रालय लागिपरेको बताएका छन् ।

पोखराको–१२ स्थित शिलतादेवी माविबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउने अभियानको थालनी गर्दै स्वास्थ्यमन्त्री पौडेलले यस विषयमा स्वास्थ्य मन्त्रालय गम्भीर रहेको बताएका हुन् । नेपालमा ६ जना महिलाको मृत्यु मध्य त्यसमा ४ जना पाठेघरको क्यान्सरबाट मृत्यु हुने गरेको पौडेलले बताए ।

अहिले खोप अभियानमा सहभागीभन्दा माथिल्लो उमेर समूहलाई पाठेघरको मुखको क्यान्सर पहिचान गर्न स्क्रिनिङ गर्ने र जसमा क्यान्सर देखिन्छ उनीहरूको उपचार गर्ने पौडेलले उल्लेख गरे । अबको केही हप्तामा क्यान्सरका बिरामीलाई दिने किमोलाई निःशुल्क गर्नेगरी व्यवस्था गरिने उनको भनाइ छ ।

उनले क्यान्सर नियन्त्रण रणनीति पास गरिसकेको र अब कार्यान्वयन गर्दै लैजाने जानकारी दिए । अहिले देशभरका ८ हजार २ सय विद्यालयमा खोप केन्द्र स्थापना गरी खोप लगाउन ५४ हजार जनशक्ति परिचालन गरिएको स्वास्थ्यमन्त्री पौडेलको भनाइ छ ।

मेयर धनराज आचार्यले पोखराका २ सय ७५ विद्यालयमा खोप लगाउने व्यवस्था मिलाइएको जानकारी दिए । पोखरामा २३ हजार १० देखि १४ वर्षसम्मका नानीहरुलाई खोप लगाउने उनको भनाइ छ । पोखरा–१२ का अध्यक्ष सन्तोष बास्तोलाले नेपालमा भयावह रुपमा रहेको पाठेघरको मुखको क्यान्सर भविष्यमा न्युनीकरण हुने उल्लेख गरे । उनले पोखरामा पनि स्वास्थ्यमन्त्रीबाटै खोप लगाउने अभियान सुरु भएको भन्दै यसलाई सबै परिवारमा सन्देश पु¥याउनुपर्ने र सबै नानीहरुको पहुँचमा पु¥याउनुपर्ने उल्लेख गरे ।

अभियानका क्रममा पोखरा महानरपालिका क्षेत्रमा करिब २३ हजार ७४८ बालिकाहरूलाई लगाइने छ । फाल्गुन ६ गतेसम्म महानगरका २७५ विद्यालय र ४७ वटा स्वास्थ्य संस्थाहरूमा ३४४ जना स्वास्थ्यकर्मी र ६८८ जना स्वयमसेवहरु परिचालन गरी यो खोप अभियान सुरुवात गरिएको हो । विद्यालय उमेरका कक्षा ६ देखि १० र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका तथा किशोरीहरूलाई यो खोप प्रदान गर्न लागिएको हो ।

प्रकाशित मिति २०८१ माघ २३ गते बुधबार ०६:४९

हजुरको प्रतिक्रिया