काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणको लागि आवश्यक एचभिपी खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरिएको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सरलाई निवारण गर्ने विश्वव्यापी रणनीतिलाई अवलम्बन गर्दै एचभिपी खोपलाई राष्ट्रिय खोप तालिकामा राखि कार्यान्वयनमा आएको बताएका हुन् ।
योसँगै राष्ट्रिय खोप तालिकामा ११ वटा खोपहरु समावेश गरिएको मन्त्री पौडेलले बताए ।
उनले नेपालमा हरेक दिन ६ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको र ४ जना महिलाको यही रोगको कारण मृत्यु हुने गरेको उल्लेख गरे ।
नेपालको कुल मृत्युको ११ प्रतिशतभन्दा बढी हिस्सा क्यान्सरले लिएको उल्लेख गर्दै यसको यसको न्युनिकरणका लागि निश्चित लक्ष्य लिएर अघि बढ्न जरुरी रहेको उनको भनाइ छ ।
डब्लुएचओले पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रुपमा नरहने अवस्थामा पु¥याएर निवारण गर्न १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई एचपिभी खोप दिएर सन् २०३० सम्ममा यो खोपको कभरेज कम्तिमा ९० प्रतिशत पुर्याउने रणनीति निर्धारण गरेको बताउँदै त्यही रणनीतिको आधारमा सरकार अघि बढिरहेको दाबी गरे ।
उनले भने, ‘नेपालका पाठेघरको मुखको क्यान्सरका बिरामी र मृत्यु हुने संख्या हरेक वर्ष उच्च रहेको छ । नेपालमा हरेक दिन ६ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ भने ४ जना महिलाको यो रोगबाट मृत्यु हुन्छ । नेपालको कुल मृत्युको ११ प्रतिशतभन्दा बढी हिस्सा क्यान्सरले लिएको छ । डब्लूएचओले पाठेघरको मुखको क्यान्सरलाई जनस्वस्थ्य समस्याको रुपमा नरहने अवस्थामा पुर्याएर निवारण गर्न १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई एचपिभी खोप दिएर सन् २०३० सम्ममा यो खोपको कभरेज कम्तिमा ९० प्रतिशत पुर्याउने रणनीति निर्धारण गरेको छ । पाठेघरको मुखको क्यान्सरलाई निवारण गर्नको लागि बनेको विश्वव्यापी रणनीतिलाई अवलम्बन गर्दै नेपालले राष्ट्रिय खोप सल्लाहकार समितिले राष्ट्रिय खोप तालिकामा एचपिभी खोप सिफारिस भई कार्यान्वयनमा आएको छ । लामो इतिहास बोकेको नेपालको खोप कार्यक्रम २०३४ सालमा दुईवटा रोग विरुद्धका दुईवटा खोपबाट सुरु भएको हो । राष्ट्रिय खोप तालिकामा हाल ११ वटा खोपहरु समावेश गरिएका छन् । यसबाट विभिन्न १४ वटा रोगबाट सुरक्षा प्रदान भएको छ ।’
विश्वमा रहेक वर्ष पाँच लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको उनले बताए ।
सन् २०३० सम्ममा यो संख्या वृद्धि भएर ७ लाखसम्म पुग्ने अनुमान गरिएको समेत उल्लेख गरे ।
प्रकाशित मिति २०८१ माघ २४ गते बिहीबार ०६:०२




