२०८३ साउन २१ गते बिहीबार

नेपाल विद्यार्थी सघं पयौँ गाउँपालिकाको सभापतिमा सागर भुसाल सर्वसहमत चयन

नेपाल विद्यार्थी सघं पयौँ गाउँपालिकाको सभापतिमा सागर भुसाल सर्वसहमत चयन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २८ गते सोमबार ०७:४६

कार्यक्रमको सञ्चालन नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्यसमितिका सहसचिव एवं गण्डकी विश्वविद्यालय नेविसंघका सभापति मनोज सुवेदी गरेका थिए ।

पोखरा ।

नेपाल विद्यार्थी सघं पयौँ गाउँपालिकाको अध्यक्षमा सागर भुसाल सर्वसहमत चयन भएका छन् ।

शनिबार भएको दोस्रो अधिवेशनबाट सागर भुसाल सर्वसहमत रुपमा नेविसङ्घको पयौँ गाउँपालिका सभापतिमा चयन भएका हुन् ।

कार्यक्रममा विद्यार्थी तथा पार्टीका अग्रज नेताको उत्साहजनक सहभागिता थियो । कार्यक्रमको को सभापतित्व नेपाल विद्यार्थी सङ्घका जिल्ला उपसभापति विपिन कुमारले गरेका थिए । भने कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस महासमिति सदस्य खगेन्द्रप्रसाद तिवारीले गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस पर्वत जिल्लाका पूर्व उपसभापति नेता गिरिराज गौतम, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुनिल शर्मा, नेपाल विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष अजय पोखरेल, नेपाली काङ्ग्रेसका पयौँ गाउँपालिका पार्टी सभापति डम्मरकुमार प्रधान, नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य मुकुन्द गौतम, लगायतको सहभागिता थियो ।

कार्यक्रमको सञ्चालन नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्यसमितिका सहसचिव एवं गण्डकी विश्वविद्यालय नेविसंघका सभापति मनोज सुवेदी गरेका थिए ।

सर्वसहमत रूपमा गाउँपालिका नेवी संघ सभापति चयन गरिएता पनि अन्यलाई सदस्यको रुपमा राखियो छ । साथसाथै आगामी दिनहरूमा यथाशीघ्र विद्यालयमा गएर नेवी संघ कमिटी गठन गर्नेगरि कमिटीले कार्यभार भार लिएको छ ।

प्रकाशित मिति २०८१ माघ २८ गते सोमबार ०७:४६
हजुरको प्रतिक्रिया