२०८३ असोज २५ गते आइतबार

बागलुङ–पोखरा सम्पर्क समन्वय समितिको अध्यक्षमा कुलचन्द्र शर्मा सर्वसम्मत चयन

बागलुङ–पोखरा सम्पर्क समन्वय समितिको अध्यक्षमा कुलचन्द्र शर्मा सर्वसम्मत चयन

हिमाल किसान

@Public 4K Tv

२०८१ माघ २९ गते मंगलबार ०७:१३

अध्यक्ष शर्माले बागलुङ स्थायी घर भई पोखरामा बस्दै आएकाहरुको समग्र विकास र समन्वयमा काम गर्ने बताए ।

पोखरा ।

नेकपा माओवादी केन्द्र बागलुङ–पोखरा सम्पर्क समन्वय समितिको अध्यक्षमा कुलचन्द्र शर्मा सर्वसम्मत चयन भएका छन् ।

पोखरामा मंगलबार भएको प्रथम अधिवेशनबाट शर्माको अध्यक्षतामा ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिको उपासभापतिमा छमकुमारी बस्नेत, प्रेम रोका र रञ्जना राई चुनिए ।

यस्तै सचिवमा प्रेम बुढा, कोषध्यक्षमा पवित्रा थापा र सहसचिवमा रविन विश्वकर्मा चयन भए । सदस्यहरुमा रिम पुन, होमनाथ शर्मा, नन्दलाल शर्मा, लक्ष्मीप्रसाद आचार्य, देवान श्रीस, काशीराम पौडेल, निरज कँडेल, विष्णु बस्नेत, खीम थापा र जगत विक चयन भएका छन् ।

यस्तै संयोजकमा मनबहादुर थापा, रामप्रसाद पाण्डे, नीलप्रसाद श्रेष्ठ, हर्कबहादुर पाण्डे, दलबहादुर थापा, डा. रविन्द्र श्रेष्ठ र रामबहादुर कार्की चयन भए । कार्यसमितिका सबै पदाधिकारी सर्वसम्मत चयन भएका हुन् ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन संयोजक चन्द्रबहादुर बुढा मगरले शपथ ग्रहण गराएका थिए ।

अध्यक्ष शर्माले बागलुङ स्थायी घर भई पोखरामा बस्दै आएकाहरुको समग्र विकास र समन्वयमा काम गर्ने बताए । उनले सबैको हकहित संरक्षण र सवद्र्धनका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा जनयुद्धकालका सहिदहरुको परिवारका सदस्यलाई सम्मान गरिएको थियो ।

 

प्रकाशित मिति २०८१ माघ २९ गते मंगलबार ०७:१३
हजुरको प्रतिक्रिया