२०८३ असोज २५ गते आइतबार

विश्व रेडियो दिवसः ३० प्रतिशत सञ्चारमाध्यम सरकारको नियन्त्रणमा छन्

विश्व रेडियो दिवसः ३० प्रतिशत सञ्चारमाध्यम सरकारको नियन्त्रणमा छन्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १ गते बिहीबार ०२:५१

सञ्चारमाध्यमहरु अहिले पनि सामुदायमा आधारित बन्न नसकेको गुनासो गरे ।

काठमाडौं ।

सरोकारवालाहरुले नेपालमा करिव ३० प्रतिशत सञ्चारमाध्यम सरकारको नियन्त्रणमा चलिरहेको बताएका छन् ।

विश्व रेडियो दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममाबोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् । उनीहरुले साढे तीन सय बढी सामुदायिक रेडियोहरु रहेको भएपनि उनीहरुले सरकारका विषयवस्तुहरु मात्रै प्रशारित गर्ने गरेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार तारानाथ दाहालले नेपालभर रहेका करिव ३ सय सामुदायिक रेडियोहरुले राष्ट्रिय समाचार समितिले दिने समाचार प्रशारण गर्ने गरेको बताए । सामुदायिक रेडियोहरुले समुदायको भन्दा बढी सरकारको समाचार प्रशारण गर्ने गरेको उल्लेख गरे । राससबाट उपलब्ध हुने समाचारमा सरकारका समाचारहरु बढी हुने गरेको उनले जिकिर गरे ।

उनले भने, ‘नेपालको झन्डै ३० प्रतिशत मिडिया इकोसिस्टम कन्ट्रोल बाइ द गभर्मेण्ट । कन्टेनहरु ग¥यो भने हाम्रो साढे तीन सय सामुदायिक रेडियो छन् । तर ति सामुदायिक रेडियोहरुले बजाउँछन् कसको समाचार ? राससको । रासस कसको सरकारको । त्यो समुदायको माध्यम भयो की सरकारको माध्यम भयो । राससबाट आउने कन्टेन त सरकारको कन्टेन हो । त्यो सरकारको मिडिया हो । हाम्रो मिडिया अहिले पनि रियल सोसाइटीबेस भएको छैन ।’

सञ्चारमाध्यमहरु अहिले पनि सामुदायमा आधारित बन्न नसकेको गुनासो गरे ।

प्रकाशित मिति २०८१ फागुन १ गते बिहीबार ०२:५१

हजुरको प्रतिक्रिया