२०८३ साउन २१ गते बिहीबार

गाडी दुर्घटना : ६ महिनामा १ हजार २ सय ३३ जनाको ज्यान गयो

गाडी दुर्घटना : ६ महिनामा १ हजार २ सय ३३ जनाको ज्यान गयो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ६ गते मंगलबार ०५:३८

लापर्बाहीपूर्वक गाडी चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको सङ्ख्या गएको आर्थिक वर्षको तुलनामा वृद्धि भएको छ ।

काठमाडौं ।

चालू आर्थिक वर्षको ६ महिनामा गाडी दुर्घटनामा परेर एक हजार दुई सय ३३ जनाको ज्यान गएको छ ।

लापर्बाहीपूर्वक गाडी चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको सङ्ख्या गएको आर्थिक वर्षको तुलनामा वृद्धि भएको छ ।

गृह मन्त्रालयका अनुसार २०८० को पुस मसान्तसम्म देशभर १२ हजार आठ सय ५६ गाडी दुर्घटनामा एक हजार एक सय ४९ जनाको ज्यान गएको थियो । यस वर्षको पुस मसान्तसम्म ११ हजार तीन सय ३८ गाडी दुर्घटना हुँदा एक हजार दुई सय ३३ जनाको ज्यान गएको छ ।

गएको वर्षको ६ महिनाको तुलनामा यस वर्षको ६ महिनामा गाडी दुर्घटनाको सङ्ख्या घटे पनि ज्यान गुमाउनेहरूको सङ्ख्यामा वृद्धि भएको छ । गएको मङ्सिरको तुलनामा पुसमा सडक दुर्घटना बढे पनि ज्यान गुमाउनेहरूको सङ्ख्या घटेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।

गएको साउनमा एक हजार छ सय २८ गाडी दुर्घटनामा एक सय ५२, भदौमा एक हजार ६ सय १९ दुर्घटनामा एक सय ७४ जनाको अकालमा ज्यान गएको थियो ।

गएको असोजमा एक हजार आठ सय ७३ दुर्घटनामा दुई सय, कात्तिकमा एक हजार नौ सय २८ दुर्घटनामा परी दुई सय ५८ जनाको ज्यान गएको विवरण रहेको मन्त्रालयले जनाएको छ ।

अघिल्लो गएको मङ्सिरमा दुई हजार १४ दुर्घटनामा परी दुई सय ५२ र पुसमा सबैभन्दा बढी दुई हजार दुई सय ७६ दुर्घटनामा परेर एक सय ९७ जनाको ज्यान भएको थियो ।

त्यस्तै गण्डकी, काठमाण्डौ उपत्यका र कर्णालीमा दुर्घटनाको सङ्ख्या घटे पनि ज्यान गुमाउनेहरूको सङ्ख्या बढोको छ । मधेश प्रदेश र बागमती (काठमाण्डौ उपत्यका) बाहेकमा दुर्घटनाको सङ्ख्या बढे पनि ज्यान गुमाउनेहरूको सङ्ख्या घटेको तथ्याङ्क रहेको छ ।

प्रकाशित मिति २०८१ फागुन ६ गते मंगलबार ०५:३८
हजुरको प्रतिक्रिया