२०८३ असोज २५ गते आइतबार

सहिद प्रति गर्व गर्न प्रचण्डको आग्रह

सहिद प्रति गर्व गर्न प्रचण्डको आग्रह

अस्मिता खनाल

@Public 4K Tv

२०८१ फागुन ९ गते शुक्रबार ०४:३७

तनहुँ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले शुक्रबार तनहुँमा जनयुद्धका सहिद तथा बेपत्ता नागरिकका परिवारसंग भेटघाट गरेका छन्। शुक्लागण्डकी नगरपालिका २ हलेदी स्थित सहिद स्मृति पार्कमा...

सहिद तथा वेपत्ता नागरिकको सम्मान र उनीहरूको परिवारलाई राहत, रोजगारीको सम्बोधन हुने प्रचण्डको प्रतिबद्धता

तनहुँ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले शुक्रबार तनहुँमा जनयुद्धका सहिद तथा बेपत्ता नागरिकका परिवारसंग भेटघाट गरेका छन्।

शुक्लागण्डकी नगरपालिका २ हलेदी स्थित सहिद स्मृति पार्कमा आयोजित कार्यक्रममा सहिद तथा बेपत्ता परिवारलाई सम्बोधन गर्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका खातिर बलिदान गर्ने आफ्ना परिवारका सहिद प्रति गर्व गर्न आग्रह गरे ।

जनयुद्ध तथा जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशित गरि राज्यले राष्ट्रिय सहिदको सम्मान प्रदान गरेको उल्लेख गर्दै प्रचण्डले बेपत्ता नागरिकको स्थिति सार्वजनिक गर्न विधेयक मार्फत काम अघि बढेको बताए ।

पूर्व प्रधानमन्त्री प्रचण्डले सत्य निरूपण तथा बेपत्ता सम्बन्धी मुद्दालाई राष्ट्रिय सहमति सहित टुङ्गो लगाउन विधेयक बनेको स्पष्ट पारे ।

ूसत्य निरूपण तथा बेपत्ता सम्बन्धी मुद्दामा लामो समयदेखि विधेयकको कमी थियो, यो पटक मेहनतमा साथ राष्ट्रिय सहमतिबाट विधेयकले अन्तिम रूप पाएको छ, शान्ति प्रक्रियामा सहभागी सबैका लागि यो महत्वपूर्ण उपलब्धि होू प्रचण्डले विधेयक कार्यान्वयनमा आएपछि सहिद तथा वेपत्ता नागरिकको सम्मान, उनीहरूका परिवारलाई परिपूरण, राहत, रोजगारी जस्ता आवश्यकताहरूको सम्बोधन हुने बताए ।

 

प्रचण्ड संगको भेटमा जनयुद्धमा आफ्नो परिवारका ४ जना सदस्य गुमाएका रिस्तीका शिव अधिकारीले गाउँमा सहिद पार्क निर्माण गर्न पहुँच नपुगेको गुनासो गरे । अधिकारीले सहिद परिवारलाई जीवीकोपार्जमा समेत समस्या भैरहेको भन्दै सहिदका छोराछोरीको अभिभाकत्व माओवादी पार्टीले लिनुपर्ने बताए ।

यस्तै बेपत्ता कल्पना पन्तका भाइ रोहित पन्तले माओवादीले पटकपटक सरकारको नेतृत्व लिदाँ समेत बेपत्ता नागरिकको स्थिति सार्वजनिक हुन नसकेकोमा दुःख व्यक्त गरे । ूहामी कति पटक रूनेरु बेपत्ता नागरिकको स्थिति अब चाहिँ छिटोभन्दा छिटो सार्वजनिक होस्, पन्तले प्रचण्डसंग भने ।

जवाफमा अध्यक्ष प्रचण्डले विधेयक पास भैसकेकोले अब आयोग मार्फत छिटोभन्दा छिटो बेपत्ता नागरिक अवस्था टुङ्गो लाग्नेमा विश्वस्त रहन आग्रह गरे । साथै प्रचण्डले सहिदका छोराछोरीलाई युगान्तकारी परिवर्तनको संघर्षमा बलिदानी गर्ने आफ्ना आमाबुवाको गौरवपूर्ण इतिहासको अध्ययन गर्न प्रेरित गर्नुपर्ने धारणा राखे ।

सोहि अवसरमा अध्यक्ष प्रचण्डले देशैभर माओवादीको पक्षमा जनलहर फैलिएको दावी गर्दै ६४ फर्काउन सकिन्छ कि भन्ने संकेत देखिएको जिकिर गरे । आफ्नो नेतृत्वमा रहेको सरकारले गरेका सुशासनका काम र सरकारकाट बाहिरिएपछि गरेका अपिलको सकारात्मक प्रभावले आगामी निर्वाचनमा माओवादीले जनताको मत जित्ने प्रचण्डको भनाइ छ ।

 

प्रकाशित मिति २०८१ फागुन ९ गते शुक्रबार ०४:३७
हजुरको प्रतिक्रिया