२०८३ असोज २५ गते आइतबार

भ्रष्टाचार नियन्त्रणमा नीतिगत सुधार आवश्यक

भ्रष्टाचार नियन्त्रणमा नीतिगत सुधार आवश्यक

डम्मर बुढा मगर

@Public 4K Tv

२०८१ फागुन १० गते शनिबार ०४:३२

बागलुङ भ्रष्टाचार नियन्त्रणमा नीतिगत तहबाटै सुधार हुन आवश्यक रहेको बागलुङका सरोकारवालाले सुझाएका छन् । गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयको आयोजनामा भएको सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रण बिषयक अन्तरक्रिया...

भ्रष्टाचारको मुहान सफा गर्नुपर्ने सरोकारवालाको सुझाव

बागलुङ

भ्रष्टाचार नियन्त्रणमा नीतिगत तहबाटै सुधार हुन आवश्यक रहेको बागलुङका सरोकारवालाले सुझाएका छन् ।

गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयको आयोजनामा भएको सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रण बिषयक अन्तरक्रिया कार्यक्रममा भ्रष्टाचारको मुहान सफा गर्नुपर्ने बताइएको छ ।

सरोकारवालाले भ्रष्टाचारलाइ अन्त्य गर्न बजेट खर्चको पारदर्शीता, प्रभावकारी अनुगमन, कर्मचारीको सेवा सुविधा थप गर्ने र दोषीलाई तत्कालै कारवाही गर्न सकेमा भ्रष्टाचार नियन्त्रण हुने सुझाव दिएका हुन् ।

कार्यक्रममा सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणको विषयमा कार्यपत्र समस्या र समाधानका विषयमा मुख्य न्यायाधिवक्ता चिरन्जिवि शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले भ्रष्टाचार नियन्त्रणमा नागरिक समाज र पत्रकारले खवरदारी गर्न आवश्यक रहेको बताए । उनले जिम्मेवारी अनुसारको काम गर्न सबैलाई सुझाव दिए ।

जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले कर्मचारी र जनप्रतिनिधिले प्रचलित ऐन तथा कानूको दायरामा बसेर काम गर्नुपर्ने बताए । राजनीतिक नेतृत्वले सही नीति बनाएर कार्यान्वयन गर्ने वातावरण मिलाउनु पर्ने बताउँदै एकले अर्कालाई आरोप लगाउने काम बन्द गर्नुपर्ने उनको भनाइ थियो ।

राजनीतिक दलहरुको समूहबाट नेपाली कांग्रेसका सचिव तथा बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले सुशासन कायम गर्न नसक्नुमा दलहरुको मात्र दोष नभएको टिप्पणी गरिन् । दलहरुले समयमा कानून बनाउन नसकेको कमजोरी देखाएर कर्मचारी संयन्त्रबढी हाबी भएको बताउदै समयमै काम नगर्ने परिपाटी कर्मचारीमा व्याप्त रहेको बताइन् ।

प्रशासनको नेतृत्व गर्दै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले भ्रष्टाचार र ढीलासुस्ती रोक्न प्रशासन संवेदनशिल भएको बताए ।

प्रकाशित मिति २०८१ फागुन १० गते शनिबार ०४:३२
हजुरको प्रतिक्रिया