२०८३ असोज २५ गते आइतबार

दक्षिण कोरियामा म्याग्दीका एक युवक मृत फेला

दक्षिण कोरियामा म्याग्दीका एक युवक मृत फेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ११ गते आइतबार ०३:०१

म्याग्दीका तुलसी पुन मगर दक्षिण कोरियामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । म्याग्दीको मालिका गाउँपालिका –१, निस्कोटस्थित जुबाङ घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियाको मोक्पो छल्लानाम्दो उल्सानस्थित छुकसान बङ्गुर...

म्याग्दीका तुलसी पुन मगर दक्षिण कोरियामा झुण्डिएको अवस्थामा मृत फेला

म्याग्दीका तुलसी पुन मगर दक्षिण कोरियामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

म्याग्दीको मालिका गाउँपालिका –१, निस्कोटस्थित जुबाङ घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियाको मोक्पो छल्लानाम्दो उल्सानस्थित छुकसान बङ्गुर फार्ममा कार्यरत कामदार तुल्सी पुन मगर शनिबार राति साढे १ बजेको समयमा सोही फार्मनजिक रहेको पुलमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

साहुको अत्याचार र दुर्व्यवहार सहन नसकेर फार्मनजिक रहेको पुलमा झुण्डिएर आत्महत्या गरेको तुलसँगै एउटै कम्पनीमा कार्यरत अर्का कामदार मिलन तामाङले फोनमार्फत जानकारी गराएको मृतक तुलका काकाको छोराभाइ सुजन पुनले बताए ।

तुल्सी गत असोजमा मात्र इपिएसमार्फत त्यहाँ पुगेका थिए । कोरियामा तुल्सीको मृत्यु भएको खबरले परिवारका सदस्य शोकमा डुबेका छन् । कोरियाबाट म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) दक्षिण कोरियाका अध्यक्ष दुर्गा भण्डारीले तुल्सीको मृत्यु भएको र शव अहिले प्रहरीले लगेर अस्पतालमा राखेको जानकारी दिए ।

आत्महत्या वा हत्या भन्ने बारेमा थप छानबिन हुन बाँकी रहेको जनाइएको छ । मृतक तुल्सीका घटनाबारे कोरियास्थित नेपाली राजदुतावास, एनआरएनए, एमटियु, मोनालगायत नेपालीले चासो दिएका छन् । मृतक तुल्सीका परिवार, कोरियास्थित नेपाली राजदुतावास, एनआरएनए, एमटियु, मोनालगायत नेपालीले घटनाबारे गम्भीर अनुसन्धान गर्न र संलग्न दोषीलाई कडा कारबाही गर्न त्यहाँको सरकारसँग माग गरेका छन् ।

मृतक तुल्सी पुन मगरका एक दाजु र एक बहिनी छन् । बुबाआमाको पहिले नै निधन भइसकेको छ ।

प्रकाशित मिति २०८१ फागुन ११ गते आइतबार ०३:०१
हजुरको प्रतिक्रिया