२०८३ असोज २५ गते आइतबार

३७ मेगावाटको माथिल्लो म्याग्दी जलविद्युतले २६ महिनामा केन्द्रिय ग्रिडमा जोड्ने

३७ मेगावाटको माथिल्लो म्याग्दी जलविद्युतले २६ महिनामा केन्द्रिय ग्रिडमा जोड्ने

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८१ फागुन १२ गते सोमबार ०५:२२

अपर म्याग्दी जलविद्युत आयोजनाको सहयोगमा खिवाङ गाउँमा सडक पुगेको छ ।

म्याग्दी ।

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–४,मुदी नाउरामा ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजना २६ महिनामा केन्द्रिय ग्रिडमा जोड्ने गरी निर्माण कार्यले तिब्रता पाएको छ ।

जिल्लाको विकट बस्ती नाउरा, सिन्कोस बगर आसपासका क्षेत्रमा पहुँचमार्ग पु¥याएपछि सुरुङ निर्माणमा जुटेको आयोजनाले अब निर्धारित समयमै उत्पादन गर्ने जनाएको छ ।

हाइड्रो इम्पाएर प्राली प्रर्वद्धक रहेको आयोजनाले सिम्कोश दोभानको बाँधदेखि घिम्लेटी जोड्ने ४ किलोमिटर लामो सुरुङ निर्माण कार्यको उद्घाटन गरेपछि अब कामले तिब्रता पाउने आयोजना प्रमुख रमेश सुबेदीको भनाई छ ।

स्रोतसाधन र जनशक्ती परिचालन गरिएकाले स्थानीय समुदायको पनि राम्रो साथ भएकाले २०८२ चैत मसान्त भित्र सम्पन्न गर्ने लक्ष्यसहित बाँध, सुरुङ र विद्युतगृह निर्माणको काम सुरू गरिएको छ ।

म्याग्दी नदीमाथि ५० र ३० मेट्रिक्टन क्षमताको दुई वटा बेलिब्रिज जडान गरि आयोजना निर्माण स्थललाई पहुँचमार्गले जोडेको छ । ४ किलोमिटर लामो सुरुङ्गबाट ल्याइने पानी तीन सय दशमलब ८८ मिटर अग्लो हेडबाट बिद्युतगृहमा खसालेर बिद्युत उत्पादन गरिने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात ब्यवस्थामन्त्री एवम् प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले माथिल्लो म्याग्दी लगायत त्यस क्षेत्रमा निर्माणाधिन जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत केन्द्रिय ग्रिडमा जोड्ने भएकाले तिब्र गतिमा काम सम्पन्न गर्न आग्रह गरे ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले माथिल्लो म्याग्दी लगायत आठ वटा जलविद्युत आयोजना निर्माणको चरणमा रहेकाले समयमै निर्माण सम्पन्न भएमा त्यसबाट गाउँपालिकालाई रोयल्टी प्राप्त हुने र त्यसलाई विकास निर्माण तथा नागरिकको सेवा सुविधामा परिचालन गर्न सकिनेमा जोड दिए ।

अपर म्याग्दी जलविद्युत आयोजनाको सहयोगमा खिवाङ गाउँमा सडक पुगेको छ । अपर म्याग्दीले आयोजना प्रभावित चेचुङ गाउँ जोड्ने सडक निर्माण गरेको छ । म्याग्दी खोला जलविद्युत आयोजनाको बाँध स्थल बगरको जेल्तुुङसम्म सडक पुुगेको छ ।

प्रकाशित मिति २०८१ फागुन १२ गते सोमबार ०५:२२
हजुरको प्रतिक्रिया