२०८३ साउन २१ गते बिहीबार

च्यवनधाममा महाशिवरात्री मेला तथा भजन प्रतियोगिता हुँदै

च्यवनधाममा महाशिवरात्री मेला तथा भजन प्रतियोगिता हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १४ गते बुधबार ११:१५

१४ फागुन, तनहुँ । महाशिवरात्रीको अवसरमा मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा दर्शनार्थीको घुइँचो लागेको छ । शुक्लागण्डकी नगरपालिका वडा नं. २ गाछेपानी स्थित मुक्तिनाथ च्यवनधाममा शुक्लेश्वर महादेवको दर्शनका लागि बिहान देखि नै...

मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा दर्शनार्थीको घुइँचो

१४ फागुन, तनहुँ ।

महाशिवरात्रीको अवसरमा मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा दर्शनार्थीको घुइँचो लागेको छ ।

शुक्लागण्डकी नगरपालिका वडा नं. २ गाछेपानी स्थित मुक्तिनाथ च्यवनधाममा शुक्लेश्वर महादेवको दर्शनका लागि बिहान देखि नै दर्शनार्थीको भीड लागेको हो । लाइन बसेर पुजा गर्ने व्यवस्था मिलाइएको धाम समितिले जानकारी दिएको छ ।

महाशिवरात्रीकै अवसरमा च्यवनधाममा खुला भजन कीर्तन प्रतियोगिता आयोजना गरिएको छ । लोक तथा मौलिक भजन चुड्काको जगेर्ना गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको च्यवनधाम समितिका अध्यक्ष होमनाथ लम्सालले बताए ।

भजन प्रतियोगितामा प्रथम हुने समूहले ५१ हजार रुपैयाँ प्राप्त गर्ने छ । यस्तै, दोस्रो हुने समूहले ३६ हजार रुपैयाँ, तेस्रोले २१ हजार र चौथोले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सहभागी सबै टिमलाई ५ हजार रुपैयाँ यातायात खर्च प्रदान गरिनेछ ।

कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रिता थापा र वरिष्ठ लोक गायक पुरुषोत्तम न्यौपानेले भजन तथा लोकगित प्रस्तुत गर्नेछन् ।

शिवरात्री मेलामा अखण्ड दीप प्रज्वलन, सामूहिक ब्रतवन्ध, शिवधुनी पुजन, रूद्री लगायतका विविध धार्मिक अनुष्ठान हुदैछन् ।

च्यवनधाम स्थित शुक्लेश्वर महादेवको मन्दिर तथा १०८ शिव लिङ्गमा दुधार्पण गर्न दर्शनार्थीको घुइचो लाग्ने गरेको छ ।

प्रकाशित मिति २०८१ फागुन १४ गते बुधबार ११:१५
हजुरको प्रतिक्रिया