४ हजार ४ सय ७२ जना नयाँ संक्रमित थपिँदा ६ हजार ९ सय ५१ जना संक्रमण मुक्त
पाेखरा । पछिल्लो २४ घण्टामा देशभर कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेकाे दर धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ५१ जना संक्रमण मुक्त भएका छन् भने ४ हजार ४ सय ७२ जना नयाँ संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ५ हजार ९०१ जनाको परीक्षण गर्दा ११०२ जनामा संक्रमण पुष्टि भएको छ भने पीसीआर विधिबाट १२ हजार २ जनाको परीक्षण गर्दा ३ हजार ३७० जनामा संक्रमण पुष्टि भएको छ। बितेको २४ घण्टामा जम्मा १७ हजार ९०३ जनाको परीक्षण भएको थियो ।
यससँगै देशभर कुल कोरोना संक्रमित पीसीआरतर्फ कुल संख्या ५ लाख ९१ हजार ४९४ पुगेका छन् भने एन्टिजेनतर्फ १४ हजार ६६१ जना पुगेका छन् । हालसम्म कोरोना निको हुनेको कुल संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ९२ जनाले काेभिडका कारण ज्यान गुमाएका छन् । याे संगै काेभिडका कारण देशभर ज्यान गुमाउने मृतकको संख्या ७ हजार ९९० पुगेको छ ।
प्रकाशित मिति २०७८ जेठ २४ गते सोमबार ०७:३५




