२०८३ असोज २५ गते आइतबार

महिलाहरु एकतावद्ध भएमात्रै समाज परिवर्तन हुन्छः उपसभामुख राना

महिलाहरु एकतावद्ध भएमात्रै समाज परिवर्तन हुन्छः उपसभामुख राना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २४ गते शनिबार ०५:१७

उपसभामुख रानाले भने, ‘हामीले ठूलो ठूलो कुरा गर्ने भन्दा पनि हामी अनुशासित हुनुपर्छ ।

काठमाडौं ।

उपसभामुख इन्दिरा रानाले महिलाहरु एकतावद्ध भएमात्रै समाज परिवर्तन हुनसक्ने बताएकी छन् ।

शनिवार काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले ठूला कुरा गरेर भन्दा अनुशासित भएर काम गरे सफलता मिल्ने जिकिर गरिन् । उनले सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणको कुरा गर्ने तर अर्कोतिर यसमै खेल खेल्ने कुराले कहिल्यै परिवर्तन हुन नसक्ने उल्लेख गरिन् ।

उपसभामुख रानाले भने, ‘हामीले ठूलो ठूलो कुरा गर्ने भन्दा पनि हामी अनुशासित हुनुपर्छ । टाइमलाई हामीले समात्न सकेनौँ भने हामी कहिले पनि कतै पुग्न सकिँदैन । महिलाहरु एकतावद्ध हुनुपर्छ र मात्रै समाज परिवर्तन हुन्छ । सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणको कुरा गर्दछौँ तर हामी खेल खेल्छौँ । कहिले पनि परिवर्तन हुँदैन ।’

उपसभामुख रानाले पुरुष र नारी दुवै मिलेमात्रै परिवर्तन सम्भव रहेको बताइन् ।

उनले नारी र पुरुष एक भएर मात्रै समाजलाई रुपान्तरण गर्नसकिने जिकिर गरिन् ।

प्रकाशित मिति २०८१ फागुन २४ गते शनिबार ०५:१७

हजुरको प्रतिक्रिया