उपाधीका लागि आजै युगान्डा र नामिबिया भिड्दै
पोखरा ।
युगान्डामा जारी चारदेशीय वुमन्स डे कप टी–२० अन्तराष्ट्रिय क्रिकेट शृंखलामा अन्तर्गत आज नेपालले तेस्रो स्थानका लागि हङकङसँग खेल्दैछ ।
खेल दिउँसो पौने १ बजेबाट शुरु हुनेछ । जारी शृंखलामा ६ खेल खेलेको नेपालले समूह चरणमा दुई जीत मात्रै निकाल्न सक्यो ।
लिग चरणको अन्तिम खेलमा नेपालले हङकङकलाई ६ विकेटले हराएको थियो । तर यसअघिनै तालिकाको पुछारमा रहँदै फाइनल दौडबाट बाहिरीसकेको नेपालका लागि यो सान्त्वना जितमात्र रह्यो ।
सिरिजको पहिलो खेलमा नामिबियासँग डिएल मेथडमा हारेको नेपालले दोस्रो खेलमा घरेलु टोली युगान्डालाई हरायो ।
त्यसपछिका खेलमा हङकङकसँग २ रन, नामिबियासँग २३ रन र घरेलु टोली युगाण्डासँग ४० रनले हारेको नेपालले लिग चरणको अन्तिम खेलमा हङकङलाई हराएको थियो ।
त्यस्तै उपाधिका लागि आजै घरेलु टोली युगान्डा र नामिबिया खेल्दैछन् ।
लिग चरणमा आयोजक युगान्डाले ६ मध्ये चार र नामिबियाले तीन खेल जितेका थिए । फाइनल खेल बेलुका पौने ५ बजे शुरु हुनेछ ।
प्रकाशित मिति २०८१ चैत २ गते आइतबार ०९:३३




