२०८३ असोज २४ गते शनिबार

वुमन्स डे कप : आज नेपालले तेस्रो स्थानका लागि हङकङसँग खेल्दै

वुमन्स डे कप : आज नेपालले तेस्रो स्थानका लागि हङकङसँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २ गते आइतबार ०९:३३

खेल दिउँसो पौने १ बजेबाट शुरु हुनेछ । जारी शृंखलामा ६ खेल खेलेको नेपालले समूह चरणमा दुई जीत मात्रै निकाल्न सक्यो ।

उपाधीका लागि आजै युगान्डा र नामिबिया भिड्दै

पोखरा ।

युगान्डामा जारी चारदेशीय वुमन्स डे कप टी–२० अन्तराष्ट्रिय क्रिकेट शृंखलामा अन्तर्गत आज नेपालले तेस्रो स्थानका लागि हङकङसँग खेल्दैछ ।

खेल दिउँसो पौने १ बजेबाट शुरु हुनेछ । जारी शृंखलामा ६ खेल खेलेको नेपालले समूह चरणमा दुई जीत मात्रै निकाल्न सक्यो ।

लिग चरणको अन्तिम खेलमा नेपालले हङकङकलाई ६ विकेटले हराएको थियो । तर यसअघिनै तालिकाको पुछारमा रहँदै फाइनल दौडबाट बाहिरीसकेको नेपालका लागि यो सान्त्वना जितमात्र रह्यो ।

सिरिजको पहिलो खेलमा नामिबियासँग डिएल मेथडमा हारेको नेपालले दोस्रो खेलमा घरेलु टोली युगान्डालाई हरायो ।

त्यसपछिका खेलमा हङकङकसँग २ रन, नामिबियासँग २३ रन र घरेलु टोली युगाण्डासँग ४० रनले हारेको नेपालले लिग चरणको अन्तिम खेलमा हङकङलाई हराएको थियो ।

त्यस्तै उपाधिका लागि आजै घरेलु टोली युगान्डा र नामिबिया खेल्दैछन् ।

लिग चरणमा आयोजक युगान्डाले ६ मध्ये चार र नामिबियाले तीन खेल जितेका थिए । फाइनल खेल बेलुका पौने ५ बजे शुरु हुनेछ ।

प्रकाशित मिति २०८१ चैत २ गते आइतबार ०९:३३
हजुरको प्रतिक्रिया