२०८३ साउन २१ गते बिहीबार

आफ्नै भवन बनाउन जुटदै ब्राह्मण समाज नेपाल म्याग्दी

आफ्नै भवन बनाउन जुटदै ब्राह्मण समाज नेपाल म्याग्दी

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८१ चैत २ गते आइतबार ११:२६

म्याग्दीमा विभिन्न सामाजिक तथा जिल्लास्तरीय कार्यक्रममा सक्रिय सहभागिता जनाएको समाजले संस्थागत विकासमा विभिन्न निकायहरु तथा समाजका सदस्यहरुबाट सहयोग जुटाएर अभियानको थालनी गर्नेछ ।

म्याग्दी ।

ब्राह्मण समाज नेपाल म्याग्दीले आफ्नै भवन बनाउन आर्थिक संकलन अभियान सञ्चालन गर्ने भएको छ ।

सदरमुकाम बेनीमा सम्पन्न भएको चौथो साधारणसभाबाट भौतिक पूर्वाधारका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

संस्था स्थापनाको १३ बर्षसम्म नियमित गतिविधिमा केन्द्रित भएको समाजले अब आफ्नै समाज घर बनाउने सहयोगीहरू माझ पुग्ने ब्राहमण समाजले जनाएको छ ।

म्याग्दीमा विभिन्न सामाजिक तथा जिल्लास्तरीय कार्यक्रममा सक्रिय सहभागिता जनाएको समाजले संस्थागत विकासमा विभिन्न निकायहरु तथा समाजका सदस्यहरुबाट सहयोग जुटाएर अभियानको थालनी गर्नेछ ।

चौथो साधारणसभाको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गोविन्द पौडेलले आफ्नो आर्थिक, भौतिक र नैतिक सहयोग रहने प्रतिबद्धता जनाए ।

साधारणसभामा समाजका गतिविधिमा सक्रिय सहभागिता जनाएका विभिन्न संघसंस्था र ब्यक्तिलाई सम्मान गरिएको थियो ।

ब्राह्मण समाजले जिल्लास्तरीय भजनर्कितन, रत्यौलीसहित विभिन्न प्रतियोगितामा उपाधी जितेको छ भने म्याग्दीका सबै पालिकाका समाजको गठन तथा विस्तारलाई तिब्रता दिएको छ ।

प्रकाशित मिति २०८१ चैत २ गते आइतबार ११:२६
हजुरको प्रतिक्रिया