२०८३ असोज २५ गते आइतबार

प्रहरीको गोली लागेर एक घाइते

प्रहरीको गोली लागेर एक घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ३ गते सोमबार ०३:११

झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउनु परेको डीएसपी सिंहले बताए ।

धनुषा ।

धनुषा जिल्लाको सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप हुँदा नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् । गोली लागेर एकजना घाइते भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए । उनको पहिचान खुलेको छैन ।

झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउनु परेको डीएसपी सिंहले बताए । घाइतेलाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल लगिएको उनले जानकारी दिए ।

भठिहनस्थित चोकमा केही अघि यादव चोक लेखिएको बोर्ड लगाइएको थियो । त्यसपछि अन्य समुदायले सो बोर्ड उखेलेपछि सो क्षेत्रमा आइतबारदेखि दुई समूहबीच तनाव बढेको छ ।

प्रकाशित मिति २०८१ चैत ३ गते सोमबार ०३:११
हजुरको प्रतिक्रिया