२०८३ असोज २५ गते आइतबार

मानव सेवा आश्रम गोरखा शाखाको भवन निर्माणका लागि ‘मिट एण्ड ग्रिट’ कार्यक्रम

मानव सेवा आश्रम गोरखा शाखाको भवन निर्माणका लागि ‘मिट एण्ड ग्रिट’ कार्यक्रम

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ चैत ४ गते मंगलबार ११:१४

‎हाल भाडामा संचालन हुदै आएको आश्रमको गोरखा शाखामा बालक १५ जना र बालिका २१ जना गरि ३६ जना बालबालिका आवासिय सुविधा सहित बस्छन् । त्यस्तै आश्रमले हालसम्म ६६ जना बालबालिकाको उद्वार गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने बताइएको छ ।

‎गोरखा ।

मानव सेवा आश्रम गोरखा शाखाको निर्माणाधिन भवनलाई पूर्णता दिने उद्देश्यले ‘मिट एण्ड ग्रिट’ कार्यक्रम आयोजना गरिएको छ ।

आफ्नो नवौं स्थापना दिवसको अवसर पारेर जिल्ला सदरमुकाममा मंगलबार सो कार्यक्रम गर्न लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आश्रमका संस्थापक रामजी अधिकारीले जानकारी गराएका हुन् ।

‎गोरखा नगरपालिका–८ मा निर्माणाधिन अवस्थामा रहेको आश्रमको भवनको हालसम्म ७५ प्रतिशत काम सम्पन्न भइसकेको उनले बताए ।

बाँकी काम सम्पन्न गर्नका लागि करिव चार करोड रकम लाग्ने अनुमान गर्दै उनले सोही रकम जुटाई ३ महिना अवधि भित्र गृह प्रवेस गर्ने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

‎हाल भाडामा संचालन हुदै आएको आश्रमको गोरखा शाखामा बालक १५ जना र बालिका २१ जना गरि ३६ जना बालबालिका आवासिय सुविधा सहित बस्छन् ।

त्यस्तै आश्रमले हालसम्म ६६ जना बालबालिकाको उद्वार गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम आज दिउँसो ३ बजेबाट हुने बताइएको छ ।

‎आश्रमका संस्थापक रामजी अधिकारीमा अनुसार गोरखा नगरपालिका वडा नं ८ मा रहेको शाखाको भवन निर्माणमा हालसम्म चार करोडभन्दा बढी रकम खर्च भईसकेको र करिब पचास लाख रकम ऋण रहेको छ ।

भवन निर्माण सम्पन्न गर्न थप चार करोड रकम अपुग हुने उल्लेख छ ।

सोही रकम जुटाउने उद्देश्य सहित मंगलबार ’मिट एण्ड ग्रिट’ कार्यक्रम आयोजना गरिएको मानव शेवा आश्रम गोरखाकी संयोजक अन्जु मोक्तान (सम्भावना)ले बताइन् ।

शाखा कार्यालय गोरखामा हाल ३६ जना बालबालिकाहरु आश्रित रहेको उनले जानकारी दिए । ‎यस कार्यक्रममा बरिष्ठ हास्य कलाकार मनोज गजुरेलको प्रस्तुती रहने छ ।

आश्रमले भवन निर्माण पूरा गरी बालबालिकाहरूलाई अझ राम्रो सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति २०८१ चैत ४ गते मंगलबार ११:१४
हजुरको प्रतिक्रिया