गोरखा ।
जीएमजी होली ग्राण्ड इभेन्ट ५ को आयोजना सामाजिक सहकार्य र उत्तरदायित्वपूर्ण नेतृत्वको उत्कृष्ट उदाहरण बनेको छ ।
यस कार्यक्रमको आयोजनामा वैदेशिक रोजगारीमा रहेका संस्थाका पूर्व सदस्यहरूले सक्रिय भूमिका निर्वाह गरेका थिए भने कार्यक्रमको मुख्य आर्थिक सहयोग धारापानी गाईजद्वारा उपलब्ध गराइएको थियो ।
होलीको अवसरमा भएको कार्यक्रम सम्पन्न पछि खर्च कट्टा गरी बाँकी रहेको १ लाख रुपैयाँ रकम गोरखा नगरपालिका–७ धारापानी टोलमा सडक बत्ती स्थापनाको लागी धारापानी गाईजलाई हस्तान्तरित गरिएको छ ।
यो निर्णय कार्यक्रमका सह–आयोजक दारी ग्याङ्ग गोर्खा र गोर्खा मल्टिट्यालेन्ट ग्रुपद्वारा गरिएको हो ।
यसरी राज्यको सम्पत्ति दोहन नगरी सांगीतिक कार्यक्रम आयोजना गरी समाज सेवा गर्न सल्लाह दिने जीएमजी को यो स्वागतयोग्य कार्यले समाजमा राम्रो संदेश पुगाएको छ । यसले अन्य संस्थालाई पनि सामाजिक उत्तरदायित्व बोध गरी यस्तै सकारात्मक कार्यमा संलग्न हुन प्रेरणा दिएको छ ।
धारापानी गाईजका प्रतिनिधिहरूले यो रकम सदुपयोग गरी टोलका बासिन्दाको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने वाचा गरेका छन् । यसैसँगै, जिएमजि संस्थाका पूर्व सदस्यहरूले पनि समुदायका लागि आफ्ना सेवा जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जीएमजी र दारी ग्याङ्ग गोर्खाको यो पहलले समाजमा भएका अन्य संस्थाहरूलाई पनि सामाजिक कार्यमा अग्रसर हुन प्रेरित गरेको छ ।
यसरी नै सामुदायिक सहकार्य र सहयोगबाट धारापानी टोलमा राम्रो परिवर्तन आउने अपेक्षा गरिएको छ। जीएमजी को यो प्रयासले समाजमा नयाँ मिसाल कायम गरेको छ।
प्रकाशित मिति २०८१ चैत ५ गते बुधबार ०७:३७




