२०८३ साउन २१ गते बिहीबार

गोरखा जेसिजद्वारा विभिन्न क्षेत्रमा योगदान दिने महिलाहरु सम्मानित

गोरखा जेसिजद्वारा विभिन्न क्षेत्रमा योगदान दिने महिलाहरु सम्मानित

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ चैत १२ गते बुधबार ०९:१८

अन्तरास्ट्रिय महिला दिवसको अवसरमा गरिने भनिएको उक्त सम्मान कार्यक्रम जेसिजका पूर्व अध्यक्ष विश्व देव श्रेष्ठको असामयिक निधनका कारण मंगलबार गरिएको गोरखा जेसिजका अध्यक्ष सुमन गुरुङले जानकारी दिए ।

गोरखा ।

गोरखा जेसिजले एक विशेष कार्यक्रम आयोजना गर्दै गोरखा जेसिजका विभिन्न क्षेत्रहरूमा योगदान दिएका महिलाहरुलाई सम्मानित गरेको छ ।

अन्तरास्ट्रिय महिला दिवसको अवसरमा गरिने भनिएको उक्त सम्मान कार्यक्रम जेसिजका पूर्व अध्यक्ष विश्व देव श्रेष्ठको असामयिक निधनका कारण मंगलबार गरिएको गोरखा जेसिजका अध्यक्ष सुमन गुरुङले जानकारी दिए ।

कार्यक्रममा गोरखा जेसिजका अध्यक्ष गुरुङले सम्मानित महिलाहरुलाई बधाई दिँदै उनीहरूको उज्जवल भविष्यको शुभकामना व्यक्त गरे ।

सम्मानित हुने महिलाहरुमा गोरखा नगरपालिकाका उप–प्रमुख मसलिमाया थोकर पुन (सपना) रहेकी छिन् । न्यायिक क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप उनलाई लागि सम्मानित गरिएको थियो ।

अन्य सम्मानित व्यक्तिहरुमा कल्पना श्रेष्ठ शिक्षा क्षेत्रमा, सजना श्रेष्ठ बित्तीय क्षेत्रमा, सजिना ढकाल भट्ट शिक्षा क्षेत्रमा, गिता मल्ल व्यवसायिक क्षेत्रमा र सदिक्षा श्रेष्ठ स्वास्थ्य क्षेत्रतर्फका छन् ।

कार्यक्रममा सम्मानित महिलाहरुलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको थियो ।

गोरखा जेसिजका अध्यक्ष सुमन गुरुङले यस सम्मानका माध्यमबाट समाजमा महिलाको योगदानलाई मान्यता दिने महत्वपूर्ण कदम चालेको बताए ।

प्रकाशित मिति २०८१ चैत १२ गते बुधबार ०९:१८
हजुरको प्रतिक्रिया