२०८३ कात्तिक ११ गते मंगलबार

काेराेना अपडेट : देशभर थप ८१ जनाकाे मृत्यु

काेराेना अपडेट : देशभर थप ८१ जनाकाे मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार ९ गते बुधबार ०८:१२

पाेखरा । काेराेना संक्रमणका कारण  देशभर थप ८१ जनाकाे ज्यान गएकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५२ जनाको पछिल्लाे २४ घण्टाको अवधिमा मृत्यु भएको र अन्यकाे यसअघि प्राप्त हुन बाँकी रहेकाे तथ्यांकबाट थप भएकाे उल्लेख छ । मन्त्रालयका...

पाेखरा । काेराेना संक्रमणका कारण  देशभर थप ८१ जनाकाे ज्यान गएकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५२ जनाको पछिल्लाे २४ घण्टाको अवधिमा मृत्यु भएको र अन्यकाे यसअघि प्राप्त हुन बाँकी रहेकाे तथ्यांकबाट थप भएकाे उल्लेख छ ।

मन्त्रालयका अनुसार याे अवधीमा २ हजार ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४६१ र एन्टिजेन विधिबाट ४ हजार ९५३ गरी कुल १२ हजार ४१५ जनाको परीक्षण गर्दा २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये पीसीआर विधिमा १५११ र एन्टिजेनमा ९१० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जनाले कोरोना जितेका छन् ।

प्रकाशित मिति २०७८ असार ९ गते बुधबार ०८:१२
हजुरको प्रतिक्रिया